
निम्नवर्गलाई चुहिने छानाभित्र कोचेर
धनाढ्य उच्चवर्गका भनाउँदा शासक
पासका नाममा
बिनाकाम कुकुरले पुच्छर हल्लाए सरी
चिल्लो गाडीमा खै केके जातिहल्लाउँदै
लखरलखर ओहोर दोहोर हिँडदै
आधुनिक भव्य रङ्गीन महलमा
विभिन्न सभा सम्मेलनमा भाग लिई
राष्ट्रका ढुकुटी रित्याउन
उत्प्रेरित हुँदै
पथभ्रष्ट मनोवल धारी गिरोह
डामेको साँढे विध्वंश मच्चाउँदै
हुङ्कार गरिरहेछ ।
हिजोसम्म आफ्नै सच्चा परिश्रमले
एक छाक टार्न अनि आफ्नै आङ ढाक्न नसक्ने
ती जोगीको गेरुवस्त्र धारणा गर्ने मगन्तेहरू
आज आएर महान् समाज सेवक रे !
वाह ! कस्तो आश्र्चाय
दुःखीकारगतचुस्ने किर्नालाई आजकाल

हित बहादुर थापा मगर
के भूत सवार भएको हो
हिजोसम्मगरिबलाई किर्नाले रगत चुसे जस्तो
तनतनती चुसेर कहिल्यै नअघाउने
ती सडकमाभुक्ने भुस्याहाझोलेहरु
आफैँमागेर गुजारा चलाउने मगन्तेहरु
आजआएर समाजसेवकको खोक्रो बोक्रो
धारण गरेर गरिब गुरुवाकानाममा
आफैँ भिक्षामाग्दै अनि पछि उल्टै
छलछाम जालझेल षड्यन्त्र रच्दै
धमिलो पानीभित्र माछा मार्दै
पानीमाथिको ओवानो बन्नेकलासिक्दै
आफ्नै रगत र पसिनाकापौरखमा
रम्दै रमाउँदै बाँचेकाहरुलाई
त्यहीँ घृणित किर्नाकाअपवित्र हातबाट
दानथाप्ने बाध्यात्मक परिस्थिति
सिर्जनागर्दै महान् मनकारीदानी
समाजसेवकबनि रहेछ ।
कस्तो लाजपचेको लबस्तरो कुलाङ्गार किर्नालाई
देउता सम्झिपुज्ने दिनआए छ यहाँ
हुँदाखाने सर्वसाधारण आफ्नो जहानपाल्न
घरबाट बाहिर निस्केमा
खै ! कुन्नि के–के जाति सर्ने
हुने खानेदलालकानाइके निस्कदाचाहीँनसर्ने
क्या! गज्जब छ हगितिमीहरुको
सोझाइमान्दारलाई मुर्ख बनाउँदै
आफ्नो स्वार्थसिद्ध गर्दै रगतचुस्ने प्रवृत्ति
चुस किर्ना हो चुस अझैँ बेस्सरी चुस
तिमीले सक्दो आफ्नो बुद्धिले भ्याएसम्म
मिलेसम्मआफ्नावरिपरि घुमि रहने
झोले गेरुवस्त्रधारि झिँगालाई पनि चुसाउ
सुण्ड मुण्ड झुण्डसबै मिलेर चेस गरि
ढ्याउ ढ्याउडकार्दैछाड्ने गरि चुस
रन्थनिदै मात्ने गरि चुस
भई रहेको तिम्रो शरीर
चार टुक्रा फाट्ने गरि चुस
यदि केहीगरि धेरै रगतपसिनाचुसेकाकारणले
असैह्यभै पचाउननसकेर
पश्चतापकारोगलाग्यो भने
चिन्तानगर दिनको एक गाँस कटाई कटाई
जम्मागर्दै उपचार गराउने
हामीगरिब असहायछदै छौँ नि!
जो आफ्नो गाँस बाँस कपास
कटाएर भएपनि
तिमीहरु जस्ता घातक स्वेच्छाचारीलाई
बचाउनकानिम्तिआफ्ना इच्छा
पलपलमार्न तयार छौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 







