
हित बहादुर थापा मगर
अनेकौँ विषाक्त दर्दले चहऱ्याइरहेका घाउहरूमा
थाहै नदिई एक थोपा मलम मिसाउन पाए
निस्पट्ट अँध्याराले गन्तव्य पहिल्याउन नसकेको पल
सोही गन्तव्यमा एक चिराग मिसाउन पाए
भोकले आत्मा जलाएर चिरकाल पिरोलिएका बेला
सुटुक्क ती आत्मामा एक गेडो खुराक मिसाउन पाए
बिदेसिएका नेपालीहरू बेखर भई छट्पटाएका पल
सत्य सन्देशकर्ता अहल्कार मिसाउन पाए
अमानवीय कारणले समाज अधोगति भइरहेका पल
सो समाजमा एक कुशल चेतना मिसाउन पाए
अराजक पूर्वाग्रह शैलीले राज्य दोहन भएको पल
सुटुक्क सजग बनी चेतक मिसाउन पाए
बेकसुर आजीवन अपराधी भइरहेको पल
खुसुक्क आजादी बनी सबुत मिसाउन पाए
अन्याय र अत्याचारले दुर्गन्धित भइरहेका पल
खुसुक्क सुगन्धित खुस्बु मिसाउन पाए
कोरोनाले पूरै भूब्रह्माण्ड अस्तव्यस्त बनाएका पल
सुटुक्क कीटनाशक पीयूष मिसाउन पाए ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 






