नेपाल मुक्तक प्रतिष्ठानको २०७९ माघ ३ गते डालो रेस्टुरेन्ट, अनामनगर, काठमाडौंमा भएको विशेष भेलाबाट संस्थाको कार्यसमितिको पुनर्गठन भएको छ ।

भेलाले संस्थाको अध्यक्षमा रामकाजी कोनेलाई चयन गरेको छ ।

यसैगरी उपाध्यक्षमा वियोगी बुढाथोकी, महासचिवमा यादव भट्टराई, सचिवमा बादल घिमिरे र कोषाध्यक्षमा निशा के.सी. रहनुभएको छ ।

यसैगरी सदस्यहरूमा क्रमशः विष्णुबहादुर सिंह, राधेश्याम लेकाली, गुप्तबहादुर श्रेष्ठ र दिव्य गिरी रहनु भएको छ ।
आजै शिवपुरी सन्देशको अंक ९८ को लोकार्पण पनि गरिएको छ ।