झोराहाट नाट्य समूह, नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेश र खोटाङ सामाजिक सेवा मञ्चको संयुक्त आयोजनामा झोराहाट नाटकघरमा नेपाल-भारत साहित्य सेतु कार्यक्रम सम्पन्न भएको छ ।
भारतको आसाम र सिक्किमबाट आउनुभएका चार जना साहित्यकारहरूलाई कार्यक्रममा सम्मान गरियो । रम्बास कविताका प्रणेता मिलन बोहरा, कवि पुण्यप्रसाद शर्मा, कवि पुरुषोत्तम उपाध्याय दाहाल, कवि तथा कथाकार गीताश्री शर्मालाई सो अवसरमा सम्मानित गरियो ।
चारैजना स्रष्टाहरुले नेपाल-भारतको साहित्यिक सम्बन्धबारे बोल्दै आ-आफ्ना सिर्जनाहरू सुनाउनुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्राज्ञ दधिराज सुवेदी, विशिष्ट अतिथि विवश पोखरेल, क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पित लगायत रहनुभएको थियो ।
विभिन्न स्थानबाट ६३ जना स्रष्टा शुभेच्छुक र अभियन्ताहरूको उपस्थिति रहेको सो कार्यक्रममा विभिन्न स्रष्टाले आफ्ना रचना सुनाउनु भएको थियो ।
अतिथि गीताश्री शर्माको लघुकथा “बिडम्बना”लाई नाट्य समूहका कलाकारहरूले नाटकको रुपमा मन्चन गरिएको थियो ।
नाट्य समूहका सचिव छत्र काफ्लेको सभापतित्वमा संचालित कार्यक्रमको संचालन कवि प्रमोद ढकालबाट भएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










