को हो ? यकिन छैन तस्बिर जलाउने मान्छे
सत्य बुझ्न सरकार सम्म गलाउने मान्छे

मनभित्र नै उर्लिएका बन्द आवाजहरु
निकाल्दै छ विचारको यन्त्र चलाउने मान्छे

पैसा सँग मानवता बेच्दै हिँड्नेहरुलाई
सुधार्दै छ ! देशमा विद्युत बलाउने मान्छे

सलह जस्ता भगाउन ढोलक बजाउँदै
उखान टुक्काले हिर्काएर ढलाउने मान्छे

माहामारी युद्धले ज्यान लानै लागेको बेला
धन्यवाद छ जटिल घट्ना छलाउने मान्छे

त्रिपुरासुन्दरी -२, धादिङ