को हो ? यकिन छैन तस्बिर जलाउने मान्छे
सत्य बुझ्न सरकार सम्म गलाउने मान्छे
मनभित्र नै उर्लिएका बन्द आवाजहरु
निकाल्दै छ विचारको यन्त्र चलाउने मान्छे
पैसा सँग मानवता बेच्दै हिँड्ने हरुलाई
सुधार्दै छ देशमा विद्युत बलाउने मान्छे
सलह जस्ता भगाउन ढोलक बजाउँदै
उखान टुक्काले हिर्काएर ढलाउने मान्छे
माहामारी युद्धले ज्यान लानै लागेको बेला
धन्यवाद छ जटिल घट्ना छलाउने मान्छे
त्रिपुरासुन्दरी -२, धादिङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 






