नेपाली साहित्यमा पीडा, संघर्ष र मानवीय अस्तित्वका अनेक आख्यानहरू लेखिएका छन्, तर जीवन र मृत्युको दोसाँधमा उभिएर लेखिएको साहित्यले पाठकको चेतनामा विशेष प्रकारको कम्पन उत्पन्न गर्छ । डा. दामोदर पुडासैनी ‘किशोर’ को “कालो आँधी” त्यस्तै गहिरो संवेदनात्मक, वैचारिक र यथार्थपरक कृति हो, जसले रोग, मृत्यु, विज्ञान, समाज र मानवीय प्रतिरोधलाई एउटै वैचारिक धरातलमा उभ्याएको छ । यो कृति केवल क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मस्वीकृति मात्र होइन; जीवनको भयावह अँध्यारोबीच पनि मानिस किन हार मान्दैन भन्ने प्रश्नको गम्भीर उत्तर हो ।
“कालो आँधी” मा लेखकले आफ्नो व्यक्तिगत पीडालाई समाज, इतिहास र मानव सभ्यताको संघर्षसँग गाँसेका छन् । कृतिको प्रारम्भदेखि नै “आँधी” केवल प्राकृतिक बिम्बको रूपमा उपस्थित हुँदैन; यो जीवनका संकट, वर्गीय विभाजन, सामाजिक बहिष्कार, मानसिक तनाव, रोग, मृत्यु र परिवर्तनको प्रतीकका रूपमा विकसित हुँदै जान्छ । लेखकले आँधीलाई विनाशको अन्तिम रूप मानेका छैनन्, बरु संघर्ष र पुनर्निर्माणको प्रक्रियाका रूपमा व्याख्या गरेका छन् । यही कारणले कृति भावुक संस्मरणभन्दा माथि उठेर वैचारिक दस्तावेजमा रूपान्तरित भएको छ ।
यस कृतिको सबैभन्दा महत्त्वपूर्ण पक्ष, वैज्ञानिक चेतना हो । नेपाली समाजमा रोगलाई अझै पनि भाग्य, पाप वा दैवी सजायसँग जोडेर हेर्ने प्रवृत्ति विद्यमान छ । तर लेखकले क्यान्सरलाई कुनै दैवी प्रकोपका रूपमा स्वीकार गर्दैनन् । उनी विज्ञान, उपचार, अनुसन्धान र मानवीय सहयोगमार्फत जीवनसँग लड्ने साहस प्रस्तुत गर्छन् । यसले कृतिलाई आधुनिक चेतना र जनशास्त्रीय दृष्टिकोणसँग जोड्छ । यहाँ मानिस चमत्कारको प्रतीक्षा गर्दैन; संघर्ष र ज्ञानमार्फत अस्तित्व जोगाउने प्रयत्न गर्छ ।
कृतिमा मृत्युको भय अत्यन्त गहिरो छ, तर त्यो भयले लेखकलाई निष्क्रिय बनाउँदैन । बरु मृत्युको छायाले जीवनप्रतिको मोह अझ तीव्र बनाइदिन्छ । यहीँ “कालो आँधी” को मूल दर्शन प्रकट हुन्छ; जीवन संघर्ष हो, र संघर्ष नै अस्तित्वको प्रमाण हो । लेखकले पीडालाई केवल करुणाको विषय बनाएका छैनन्; उनले पीडालाई चेतना, प्रतिरोध र पुनर्जन्मको माध्यम बनाएका छन् ।
यस कृतिले एउटा व्यक्तिको कथा भन्न खोज्दा सम्पूर्ण समाजको कथा बोल्छ । परिवार, पुर्खा, वर्गीय संरचना, सामाजिक हिंसा, विस्थापन र मानवीय सम्बन्धका अनेक तहहरू कृतिमा उपस्थित छन् । त्यसैले “कालो आँधी” लाई केवल आत्मकथा भनेर सीमित गर्न सकिँदैन । यो मानवीय इतिहासको सूक्ष्म प्रतिरूप हो, जहाँ मानिस निरन्तर आँधीसँग जुध्दै आफ्नो अस्तित्व निर्माण गरिरहेको हुन्छ ।
यस समालोचनामा “कालो आँधी” लाई जनशास्त्रीय र यथार्थपरक दृष्टिबाट अध्ययन गर्दै कृतिभित्र रहेको वैज्ञानिक चेतना, सामाजिक यथार्थ, अस्तित्ववादी संघर्ष र मानवीय प्रतिरोधको विश्लेषण गरिनेछ ।
डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित “कालो आँधी” एक गहन आत्मपरक, वैचारिक र संघर्षप्रधान कृति हो । यो कृति मूलतः जीवन र मृत्युको भीषण द्वन्द्वबीच उभिएको मानिसको मानसिक, शारीरिक र सामाजिक यात्राको आख्यान हो । लेखक स्वयं क्यान्सरजस्तो जटिल रोगसँग जुधिरहेका बेला लेखिएको यस कृतिले अनुभूत यथार्थलाई अत्यन्त मार्मिक र प्रामाणिक रूपमा प्रस्तुत गरेको छ । यस कारण “कालो आँधी” पाठकका लागि केवल साहित्यिक अनुभव मात्र नभई जीवनको गहिरो बोध बन्न पुग्छ ।
कृतिमा लेखकले आफ्नो रोग, उपचार, पीडा, निराशा, भय र संघर्षलाई केन्द्रमा राखेका छन् । तर त्यो व्यक्तिगत सीमाभित्र बन्द हुँदैन । विस्तारै कृति परिवार, समाज, इतिहास, वर्गीय संरचना, वैज्ञानिक चेतना र मानव सभ्यताको विकाससम्म फैलिन्छ । यसले “कालो आँधी” लाई आत्मसंस्मरणको साँघुरो घेराबाट मुक्त गरेर व्यापक सामाजिक–दार्शनिक कृतिमा रूपान्तरण गरेको छ ।
कृतिको शीर्षक आफैंमा अत्यन्त प्रतीकात्मक छ । “कालो आँधी” यहाँ केवल रोगको संकेत होइन; जीवनमा आउने सम्पूर्ण विनाशकारी परिस्थितिको रूपक पनि हो । लेखकले आँधीलाई कहिले रोग, कहिले सामाजिक हिंसा, कहिले मानसिक पीडा, त कहिले इतिहास र परिवर्तनको शक्तिका रूपमा प्रयोग गरेका छन् । यसले कृतिमा दार्शनिक गहिराइ थपेको छ ।
कृतिको प्रारम्भिक अध्यायमा लेखकले ब्रह्माण्ड, प्रकृति, मानव विकास र संघर्षको चर्चा गर्दै मानिसको अस्तित्वलाई वैज्ञानिक दृष्टिले व्याख्या गरेका छन् । उनले मानिसलाई दैवी सृष्टिको परिणामभन्दा बढी संघर्ष, विकास र चेतनाको उत्पादनका रूपमा चित्रण गरेका छन् । यहीँबाट कृतिमा जनशास्त्रीय चेतनाको आधार निर्माण हुन्छ ।
कृतिको अर्को महत्त्वपूर्ण पक्ष, सामाजिक यथार्थको प्रस्तुति हो । लेखकले केवल आफ्नो पीडा मात्र लेखेका छैनन्; उनले समाजभित्र रहेका वर्गीय विभाजन, बहिष्करण, विधवामाथिको हिंसा, गरिबी र विस्थापनका प्रसङ्गहरू पनि अत्यन्त मार्मिक रूपमा उठाएका छन् । यसले कृतिलाई व्यक्तिगत अनुभवभन्दा माथि उठाएर सामूहिक जनअनुभूतिको दस्तावेज बनाएको छ ।
भाषाशैलीका दृष्टिले पनि “कालो आँधी” विशिष्ट छ । कृतिमा काव्यात्मक गद्य, प्रतीकात्मक अभिव्यक्ति, आत्मस्वीकृतिको शैली र दार्शनिक विमर्श एकसाथ भेटिन्छन् । आँधी, अन्धकार, नदी, पहाड, वर्षा, उज्यालो जस्ता बिम्बहरूले कृतिलाई कलात्मक उचाइ दिएका छन् । लेखकको भाषा भावनात्मक भए पनि नियन्त्रणमा छ; अतिनाटकीयता भन्दा अनुभवको गहिराइ बढी प्रभावशाली बनेर आएको छ ।
यस कृतिको मूल सन्देश मानिसको प्रतिरोध चेतनासँग जोडिएको छ । कृतिले देखाउँछ; जीवन जति कठिन भए पनि मानिसभित्र संघर्ष गर्ने अदम्य शक्ति बाँकी रहन्छ । मृत्युको छायाले घेरिएको अवस्थामा पनि आशा, प्रेम, विज्ञान र चेतनाले मानिसलाई पुनः उठ्न प्रेरित गरिरहन्छ । यही कारण यो कृति निराशाको आख्यान नभई मानवीय प्रतिरोधको घोषणापत्रजस्तो अनुभूत हुन्छ ।
“कालो आँधी” को सबैभन्दा सशक्त वैचारिक पक्ष यसको वैज्ञानिक चेतना र मानवीय प्रतिरोधको दर्शन हो । नेपाली समाजमा रोगलाई प्रायः भाग्य, दैवी शक्ति, कर्मफल वा धार्मिक विश्वाससँग जोडेर हेर्ने परम्परा अझै बलियो छ । विशेषतः क्यान्सरजस्ता जटिल रोगलाई मानिसहरूले “अन्तिम सजाय” जस्तो मान्ने सामाजिक मनोविज्ञान विद्यमान छ । तर डा. दामोदर पुडासैनी ‘किशोर’ ले आफ्नो कृतिमा यस्तो भाग्यवादलाई स्वीकार गर्दैनन् । उनले रोगसँगको संघर्षलाई विज्ञान, उपचार, अनुसन्धान र चेतनासँग जोडेर प्रस्तुत गरेका छन् । यहीँ “कालो आँधी” सामान्य भावुक आत्मकथाभन्दा माथि उठेर आधुनिक वैज्ञानिक चेतनाको साहित्यिक दस्तावेज बन्न पुग्छ ।
लेखकले क्यान्सरको पीडालाई कुनै रहस्यवादी दृष्टिबाट होइन, वास्तविक जीवन संघर्षका रूपमा चित्रण गरेका छन् । उनी अस्पताल, उपचार, रेडियोथेरापी, किमोथेरापी, मानसिक तनाव, आर्थिक बोझ र सामाजिक प्रतिक्रियासँग प्रत्यक्ष जुधिरहेका देखिन्छन् । कृतिमा रोग केवल शरीरभित्रको समस्या होइन; यो मानिसको सम्पूर्ण अस्तित्वमाथि आएको आँधी हो । तथापि लेखक मृत्युको भयबाट पराजित हुँदैनन् । उनी बारम्बार जीवनप्रतिको मोह, चेतना र प्रतिरोधलाई केन्द्रमा राख्छन् । यही कारण “कालो आँधी” को मूल स्वर निराशा होइन, संघर्ष हो ।
कृतिमा लेखकले विज्ञानलाई केवल प्रविधि वा औषधिसम्म सीमित गरेका छैनन् । विज्ञान यहाँ जीवनदर्शनको रूपमा उपस्थित छ । उनले मानिसलाई विकासक्रम, चेतना र संघर्षको परिणामका रूपमा चित्रण गरेका छन् । मानव सभ्यता प्रकृतिसँगको निरन्तर द्वन्द्व र संघर्षबाट निर्माण भएको विचार कृतिभरि देखिन्छ । यसले लेखकलाई धार्मिक भाग्यवादभन्दा वैज्ञानिक मानववादतर्फ उभ्याउँछ । मानिसले आफ्नो अस्तित्व जोगाउन ज्ञान, विवेक र चेतनाको प्रयोग गर्नुपर्छ भन्ने सन्देश कृतिमा स्पष्ट रूपमा उपस्थित छ ।
लेखकको प्रतिरोध चेतना केवल व्यक्तिगत होइन, सामूहिक पनि छ । उनी आफ्नो जीवन बचाउने प्रयास गर्दै गर्दा परिवार, चिकित्सक, नर्स, साथीभाइ र सामाजिक सम्बन्धको महत्त्वलाई पनि स्वीकार गर्छन् । यसले मानिसको अस्तित्व केवल व्यक्तिगत शक्ति मात्र होइन, सामूहिक सहयोगमा पनि टिकेको हुन्छ भन्ने जनशास्त्रीय धारणा प्रस्तुत गर्छ । मान्छे समाजबाट अलग भएर बाँच्न सक्दैन; संकटको समयमा सम्बन्धहरू नै प्रतिरोधको ऊर्जा बन्छन् भन्ने सन्देश कृतिमा गहिरो रूपमा आएको छ ।
कृतिमा मृत्यु स्थायी सत्यका रूपमा उपस्थित भए पनि लेखकले त्यसलाई अन्तिम पराजय मानेका छैनन् । बरु मृत्युको नजिक पुगेपछि जीवनको अर्थ अझ गहिरो रूपमा अनुभव गरिएको देखिन्छ । यही अस्तित्ववादी अनुभूतिले कृतिलाई दार्शनिक उचाइ प्रदान गरेको छ । लेखकका लागि बाँच्नु केवल शारीरिक अस्तित्व कायम राख्नु होइन; संघर्ष गरिरहनु नै जीवनको सार हो ।
यस दृष्टिले “कालो आँधी” एउटा प्रतिरोधी चेतनाको कृति हो । यसले मानिसलाई भाग्यवादी निष्क्रियताबाट निकालेर वैज्ञानिक सोच, संघर्षशीलता र आत्मबलतर्फ डोर्याउँछ । रोग, पीडा र मृत्युको भयलाई जित्ने शक्ति मानिसभित्रै हुन्छ भन्ने विश्वास कृतिको केन्द्रमा रहेको छ । त्यसैले यो कृति केवल रोगको कथा होइन; मानव चेतनाले अन्धकारविरुद्ध गरेको प्रतिरोधको जीवित दस्तावेज हो ।
यस कृतिको अर्को अत्यन्त महत्त्वपूर्ण पक्ष यसको सामाजिक यथार्थबोध हो । कृति पढ्दै जाँदा स्पष्ट हुन्छ कि लेखक केवल आफ्नो व्यक्तिगत पीडा लेखिरहेका छैनन्; उनले समाजभित्र गाडिएका वर्गीय विभाजन, बहिष्करण, गरिबी, सामाजिक हिंसा र मानवीय असमानताको कठोर यथार्थलाई पनि उजागर गरेका छन् । यही कारण यो कृति आत्मसंस्मरणको सीमाभन्दा माथि उठेर जनसमाजको सामूहिक पीडाको दस्तावेज बन्न पुगेको छ ।
जनशास्त्रीय दृष्टिले हेर्दा “कालो आँधी” मा मानिसलाई केवल जैविक अस्तित्वका रूपमा चित्रण गरिएको छैन । यहाँ मानिस इतिहास, समाज, वर्ग, श्रम, संस्कार र सम्बन्धहरूको उत्पादनका रूपमा उपस्थित छ । लेखकले आफ्नो व्यक्तिगत अनुभवलाई पुर्खा, परिवार र सामाजिक संरचनासँग जोड्दै मानव जीवनको सामूहिक चरित्रलाई उद्घाटन गरेका छन् । यसले कृतिलाई व्यापक सामाजिक चेतनासँग जोड्छ ।
विशेषतः कृतिमा आएको विधवा महिलामाथि सामाजिक बहिष्कारको प्रसङ्ग अत्यन्त मार्मिक र यथार्थपरक छ । पतिको मृत्यु भएपछि महिलालाई “अशुभ” ठहर गरिनु, सम्पत्तिबाट वञ्चित गरिनु, गाउँबाट निकालिनु र अपमानित जीवन बाँच्न बाध्य पारिनु नेपाली समाजको सामन्ती मानसिकताको कठोर चित्र हो । लेखकले यस्तो घटनालाई केवल भावुक शैलीमा प्रस्तुत गरेका छैनन्; उनले यसलाई सामाजिक संरचनाभित्र रहेको अमानवीयताको प्रमाणका रूपमा चित्रण गरेका छन् । यसले कृतिमा वर्गीय तथा सांस्कृतिक हिंसाको गहिरो विमर्श उपस्थित गराउँछ ।
कृतिमा गरिबी र रोगको सम्बन्ध पनि अत्यन्त प्रभावकारी रूपमा चित्रित छ । रोग केवल जैविक समस्या मात्र होइन; यसको असर आर्थिक, सामाजिक र मानसिक तहसम्म फैलिएको देखिन्छ । उपचारको खर्च, सामाजिक दबाब, मानसिक तनाव र परिवारमाथिको बोझले रोगलाई अझ भयावह बनाइदिन्छ । यसरी लेखकले रोगलाई सामाजिक संरचनासँग गाँसेर हेरेका छन् । जनशास्त्रीय दृष्टिकोणले यही कुरा स्वीकार गर्छ कि मानिसको दुःख केवल व्यक्तिगत कमजोरीको परिणाम होइन; सामाजिक संरचनाले पनि त्यसलाई निर्माण गर्छ ।
“कालो आँधी” मा गाउँ, समाज, परिवार र सम्बन्धहरूको चित्रण अत्यन्त जीवन्त छ । लेखकले नेपाली समाजको सामूहिक मनोविज्ञानलाई यथार्थपरक ढंगले प्रस्तुत गरेका छन् । संकटको समयमा मानिसले देखाउने सहानुभूति, तर कहिलेकाहीँ त्यही समाजले गर्ने बहिष्कार र निर्ममता दुवै पक्ष कृतिमा देखिन्छन् । यसले समाजको द्वैध चरित्रलाई उजागर गर्छ ।
कृतिको अर्को महत्त्वपूर्ण पक्ष यसको मानवीय दृष्टिकोण हो । लेखकले समाजको आलोचना गरे पनि मानिसप्रतिको विश्वास गुमाएका छैनन् । उनी संघर्ष, सहयोग, प्रेम र चेतनालाई मानव अस्तित्वको आधार मान्छन् । यही कारण कृतिमा निराशा भन्दा प्रतिरोध र पुनर्निर्माणको स्वर बढी बलियो सुनिन्छ ।
यसरी “कालो आँधी” सामाजिक यथार्थ, वर्गीय विभाजन, सांस्कृतिक हिंसा र मानवीय संघर्षलाई एकसाथ समेट्ने जनशास्त्रीय कृति बनेको छ । यसले व्यक्तिको कथा सुनाउँदा सम्पूर्ण समाजको संरचना उद्घाटन गर्छ । त्यसैले यो केवल साहित्यिक कृति मात्र होइन; नेपाली समाजको अन्तःसंरचनालाई बुझ्ने वैचारिक दस्तावेज पनि हो ।
“कालो आँधी” को केन्द्रीय भावनात्मक तथा दार्शनिक शक्ति यसको अस्तित्ववादी चेतनामा निहित छ । कृतिभरि लेखक जीवन र मृत्युको बीचमा उभिएको मानिसको मानसिक द्वन्द्व, भय, निराशा, आशा र संघर्षलाई अत्यन्त गहिरो रूपमा प्रस्तुत गर्छन् । क्यान्सरजस्तो जटिल रोगसँग जुधिरहेको व्यक्ति जब आफ्नै मृत्युको सम्भावनासँग प्रत्यक्ष सामना गर्छ, तब जीवनको अर्थ, समयको मूल्य र अस्तित्वको वास्तविकता झन् तीव्र रूपमा अनुभूत हुन्छ । यही अनुभूति “कालो आँधी” को मूल जीवनदर्शन बनेर आएको छ ।
कृतिमा मृत्यु कुनै टाढाको कल्पना होइन; त्यो लेखकको जीवनसँगै हिँडिरहेको छाया हो । उपचार, अस्पताल, पीडा र मानसिक तनावका बीच लेखकले बारम्बार आफ्नो अस्तित्वबारे प्रश्न गर्छन् । तर उनी मृत्युको भयले पूर्ण रूपमा पराजित हुँदैनन् । बरु मृत्युको नजिक पुग्दै जाँदा जीवनप्रतिको मोह, चेतना र संवेदनशीलता अझ प्रगाढ हुँदै जान्छ । यहीँ कृतिको अस्तित्ववादी गहिराइ प्रकट हुन्छ ।
अस्तित्ववादी दर्शनले मानिसलाई एक्लो, असुरक्षित र अनिश्चित संसारमा फ्याँकिएको प्राणीका रूपमा हेर्छ । “कालो आँधी” मा पनि लेखकले यही असुरक्षाको अनुभूति गरेका छन् । रोगले शरीर कमजोर बनाउँछ, तर त्यसभन्दा ठूलो संकट मानसिक रूपमा उत्पन्न हुन्छ । भविष्यको अनिश्चितता, परिवारप्रतिको चिन्ता, मृत्युको डर र पीडाको निरन्तरताले मानिसलाई भित्रैदेखि भत्काउने प्रयास गर्छ । तथापि लेखक यस अवस्थालाई केवल निराशाको रूपमा स्वीकार गर्दैनन् । उनी संघर्षलाई नै जीवनको सार मान्छन् ।
कृतिमा बारम्बार आउने “आँधी” को प्रतीकले यही अस्तित्ववादी संकटलाई प्रतिनिधित्व गर्छ । आँधी जीवनको अन्धकार हो, तर त्यही आँधीभित्र मानिसको प्रतिरोध शक्ति पनि जन्मिन्छ । लेखकका लागि जीवन कुनै स्थिर र सुरक्षित अवस्था होइन; यो निरन्तर संघर्षको प्रक्रिया हो । मानिस जति कठिन परिस्थितिमा पुग्छ, उति नै आफ्नो अस्तित्व बचाउन चेतनशील हुन्छ । यही कारण कृतिमा पीडा निष्क्रिय करुणा बनेर आएको छैन; त्यो संघर्षको ऊर्जा बनेर आएको छ ।
लेखकले जीवनलाई केवल जैविक बाँचाइका रूपमा परिभाषित गरेका छैनन् । उनका लागि बाँच्नु भनेको चेतनशील हुनु, सम्बन्धहरूलाई अनुभूत गर्नु, संघर्ष गर्नु र आशा जोगाइराख्नु हो । रोगले शरीरलाई कमजोर बनाउन सक्छ, तर चेतनालाई पूर्ण रूपमा पराजित गर्न सक्दैन भन्ने विश्वास कृतिभरि देखिन्छ । यही विश्वासले “कालो आँधी” लाई अन्धकारभित्रको उज्यालोको खोजी बनाएको छ ।
कृतिमा मानिसको एक्लोपन पनि गहिरो रूपमा अभिव्यक्त भएको छ । अस्पतालको वातावरण, उपचारका पीडादायी क्षणहरू र मानसिक तनावले लेखकलाई बारम्बार आत्मसंवादतर्फ डोर्याउँछन् । तर त्यो एक्लोपन अन्ततः आत्मबोधमा रूपान्तरित हुन्छ । लेखकले जीवनको क्षणभंगुरता स्वीकार गरे पनि हार स्वीकार गर्दैनन् । यही प्रतिरोधी चेतना कृतिको मूल शक्ति हो ।
यसरी “कालो आँधी” अस्तित्ववादी पीडा, मृत्युबोध र जीवनप्रतिको गहिरो आस्थाको कृति हो । यसले मानिसलाई मृत्युको भयभन्दा माथि उठेर संघर्ष गर्न प्रेरित गर्छ । पीडाले मानिसलाई केवल तोड्दैन; कहिलेकाहीँ त्यही पीडाले मानिसलाई अझ गहिरो, संवेदनशील र चेतनशील बनाउँछ भन्ने सत्य कृतिले प्रभावकारी रूपमा उद्घाटन गरेको छ ।
“कालो आँधी” को साहित्यिक प्रभावकारिताको प्रमुख आधार यसको भाषाशैली, प्रतीकात्मकता र कलात्मक संरचना हो । यो कृति केवल घटनाहरूको विवरण होइन; अनुभूति, विचार र संघर्षलाई कलात्मक रूपले अभिव्यक्त गरिएको गद्य आख्यान हो । डा. दामोदर पुडासैनी ‘किशोर’ ले सरल, संवेदनशील र प्रतीकात्मक भाषामार्फत पीडालाई साहित्यिक उचाइ दिएका छन् ।
कृतिको शीर्षकदेखि नै प्रतीकात्मकता शुरू हुन्छ । “कालो आँधी” यहाँ प्राकृतिक आँधीको संकेत मात्र होइन; यो रोग, मृत्यु, सामाजिक हिंसा, मानसिक तनाव, वर्गीय पीडा र अस्तित्वगत संकटको समष्टिगत प्रतीक हो । आँधी कहिले विनाशको रूपमा आउँछ, कहिले परिवर्तनको रूपमा, त कहिले संघर्षको चुनौतीका रूपमा । यही बहुआयामिक प्रयोगले कृतिलाई दार्शनिक गहिराइ प्रदान गरेको छ ।
लेखकको भाषा अत्यन्त भावनात्मक भए पनि नियन्त्रणमा छ । उनले पीडालाई अतिनाटकीय बनाएका छैनन् । बरु संयमित अभिव्यक्तिमार्फत पाठकलाई भित्रैदेखि छोएका छन् । यही कारण कृति कृत्रिम करुणाभन्दा वास्तविक अनुभूतिले भरिएको देखिन्छ । लेखकले आफ्ना अनुभवलाई सरल भाषामा प्रस्तुत गरे पनि त्यसभित्र गहिरो वैचारिकता लुकेको छ ।
कृतिमा काव्यात्मक गद्यको प्रयोग उल्लेखनीय छ । आँधी, अन्धकार, उज्यालो, नदी, पहाड, वर्षा, यात्रा, बाटो जस्ता बिम्बहरूले पाठकको कल्पनाशक्तिलाई सक्रिय बनाउँछन् । यी बिम्बहरू केवल सौन्दर्यका लागि प्रयोग भएका छैनन्; तिनले कृतिको भाव र दर्शनलाई पनि अभिव्यक्त गरेका छन् । उदाहरणका लागि, अन्धकार मृत्युको भयको प्रतीक हो भने उज्यालो आशा र प्रतिरोधको प्रतीक बनेर आएको छ ।
आत्मस्वीकृतिको शैली कृतिको अर्को महत्त्वपूर्ण विशेषता हो । लेखकले आफ्ना कमजोरी, भय, निराशा र संवेदनाहरूलाई नलुकाई प्रस्तुत गरेका छन् । यसले कृतिलाई विश्वसनीय र आत्मीय बनाएको छ । पाठकले लेखकको पीडालाई बाहिरी कथाका रूपमा होइन, भित्री अनुभवका रूपमा अनुभूत गर्न सक्छ । यही आत्मीयताले “कालो आँधी” लाई पाठकसँग गहिरो रूपमा जोड्छ ।
कृतिको संरचना पनि उल्लेखनीय छ । लेखकले केवल कालक्रमअनुसार घटनाहरू राखेका छैनन्; विचार, स्मृति, अनुभव र दर्शनलाई एकसाथ बुनिएको छ । कहिले कृति आत्मकथाजस्तो लाग्छ, कहिले दार्शनिक निबन्धजस्तो, त कहिले सामाजिक दस्तावेजजस्तो । यही मिश्रित संरचनाले कृतिलाई बहुआयामिक बनाएको छ ।
संवाद, आत्मसंवाद र वर्णनात्मक शैलीको सन्तुलित प्रयोगले कृतिलाई गतिशील बनाएको छ । विशेषतः आत्मसंवादका अंशहरूले लेखकको मानसिक संघर्षलाई प्रभावकारी रूपमा अभिव्यक्त गरेका छन् । पाठकले लेखकको बाह्य पीडामात्र होइन, भित्री द्वन्द्व पनि स्पष्ट रूपमा अनुभव गर्न सक्छ ।
यसरी “कालो आँधी” भाषाशैली, प्रतीकात्मकता र कलात्मक संरचनाका दृष्टिले परिपक्व कृति हो । यसको भाषा केवल सूचना दिने माध्यम होइन; चेतना, पीडा र प्रतिरोधलाई अनुभूत गराउने कलात्मक साधन बनेको छ । यही कारण कृति साहित्यिक तथा वैचारिक दुवै दृष्टिले प्रभावशाली बनेर उभिएको छ ।
“कालो आँधी” को मूल शक्ति यसको मानवीय संवेदना र प्रतिरोध चेतनामा निहित छ । कृतिले रोग, पीडा र मृत्युको भयलाई केन्द्रमा राखे पनि अन्ततः जीवनप्रतिको विश्वासलाई नै बलियो बनाउँछ । लेखकले मानिसलाई कमजोर, असहाय र नियतिको बन्दीका रूपमा चित्रण गरेका छैनन्; बरु संघर्षशील, चेतनशील र पुनः उठ्न सक्ने अस्तित्वका रूपमा प्रस्तुत गरेका छन् ।
कृतिभरि लेखकले जीवनका अन्धकारपूर्ण क्षणहरू पार गर्दै आशाको सानो किरण खोजिरहन्छन् । यही खोज नै प्रतिरोध चेतना हो । क्यान्सरजस्तो जटिल रोगसँग जुध्दा शारीरिक पीडाभन्दा मानसिक संघर्ष ठूलो हुन्छ, तर लेखक हार स्वीकार गर्दैनन् । उनी उपचार, विज्ञान, परिवार र आत्मबलमार्फत जीवनलाई समातिरहन खोज्छन् ।
यस कृतिमा मानवीय सम्बन्धहरूको महत्त्व पनि गहिरो रूपमा आएको छ । परिवार, साथीभाइ र सहयोगीहरूको उपस्थिति लेखकका लागि संघर्ष गर्ने ऊर्जा बन्छ । यसले मानिसको अस्तित्व सामूहिक सम्बन्धमा टिकेको हुन्छ भन्ने सन्देश दिन्छ ।
“कालो आँधी” अन्ततः निराशाको कथा होइन; यो अन्धकारभित्र पनि उज्यालो खोज्ने मानिसको कथा हो । पीडाले मानिसलाई केवल तोड्दैन, कहिलेकाहीँ अझ बलियो बनाउँछ भन्ने मानवीय सत्य कृतिले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ ।
मूलतः, “कालो आँधी” नेपाली साहित्यमा पीडा, संघर्ष, विज्ञान र मानवीय अस्तित्वलाई गहिरो रूपमा अभिव्यक्त गर्ने महत्त्वपूर्ण कृति हो । यो केवल क्यान्सर रोगसँग जुधिरहेको व्यक्तिको आत्मकथा होइन; सामाजिक यथार्थ, वैज्ञानिक चेतना, अस्तित्ववादी संघर्ष र मानवीय प्रतिरोधको समष्टिगत दस्तावेज हो ।
कृतिले मानिसलाई भाग्यवादभन्दा संघर्षतर्फ, अन्धविश्वासभन्दा विज्ञानतर्फ र निराशाभन्दा चेतनातर्फ उन्मुख गराउँछ । लेखकले आफ्नो व्यक्तिगत पीडालाई समाज, इतिहास र मानव अस्तित्वसँग जोडेर व्यापक वैचारिक धरातल निर्माण गरेका छन् ।
भाषाशैली, प्रतीकात्मकता र संवेदनात्मक प्रस्तुतीकरणका दृष्टिले पनि “कालो आँधी” प्रभावशाली कृति बनेको छ । “आँधी” यहाँ जीवनका सम्पूर्ण संकटहरूको प्रतीक बनेर आएको छ, जसलाई मानिसले चेतना र संघर्षमार्फत पार गर्ने प्रयास गर्छ ।
यसरी “कालो आँधी” मृत्युको छायामा उभिएर पनि जीवनको पक्षमा बोल्ने, संघर्षलाई नै अस्तित्वको प्रमाण मान्ने र मानवीय प्रतिरोध चेतनालाई स्थापित गर्ने सशक्त कृति हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










