डोना एसवर्थ
हामी सधैं आई लभ यू भन्दैनौँ
खानै छाड्यौ
अथवा, यस्तो जाडोमा बाहिर किन मुन्टिनु
भनेर भन्छौँ
हामी सधैँ
कस्तो सुन्दर, कस्तो गज्जब, क्या बब्बाल भन्दैनौँ
हामी कहिलेकाहीँ भन्छौँ
आफैँलाई बढी विश्वास गरे हुन्थ्यो, किन गर्दैनौ ?
हामी सधैँ आई लभ यू भन्दैनौँ
हामी कहिलेकाहीँ, मुख खोल्छौँ
र, हाम्रा मुटु खोल्छौँ
(वास्तवमा ती प्रेमपूर्ण हुन्छन्)
पूरा आलोचनाले भरिदिन्छौँ
गनगन गर्छौं, होच्याउँछौँ, चिच्याउँछाैँ
नाक थुनेर सासै फेर्न गाह्रो पारिदिन्छौँ
हामीले यसमा सच्चिनु छ
कहिलेकाहीँ, प्रेम गर्नु भनेको
आई लभ यू भन्नु होइन
कहिलेकाहीँ प्रेम यसरी पनि व्यक्त हुन्छ कि
तरकारी किन कम खाएको ?
नौ बजेअघि नै आइपुग्नू
यति धेरै मिहिनेत किन गर्नु पर्यो !
आज सुनेका प्रत्येक शब्दमा प्रेम सुन्नू
ती शब्द प्रेमले भरिएका जस्ता नलाग्न सक्छन्
तर प्रेम हुन्छ त्यहाँ
त्यो प्रेम नै हो ।
लभ, कवितासङ्ग्रह



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










