१.
सुखी जीवन बन्छ जहाँ मेल हुन्छ विचारमा
त्यस्तो व्यक्ति भेटिन्छ कि रैछ भने संसारमा
कठिन यात्रा जिन्दगिको सरल लाग्थ्यो पक्कै
जीवन संगिनी उनैको बन्न पाए अधिकारमा
२.
पिरतीको सौगात बर्से झुपडी पनि दरबार हुन्छ
जसले दिन्छ खुसी त्यै जिन्दगीको हकदार हुन्छ
लोभीलाई धनै प्यारो हितकारीलाई मात्र मनको
प्रियसीलाई त प्रियतमको हृदय नै सरकार हुन्छ
३.
दुधे बच्चा छोडी विदेशिने कुनै आमाको रहर हुँदैन
चर्किन्छ छाती सन्तान सम्झी नरोएको नजर हुँदैन
पुरुषबाटै शोषित पीडित कयौं नारी छन् प्रवासमा
उनको त्याग अनि साहसको किन यहाँ कदर हुँदैन
४.
शासन उस्तै छ शासकहरूबाट राजसत्त्ता फाले पनि
नौलो समाज व्यवस्था जन्मेन खै बन्दुक उचाले पनि
मजदुर वर्गलाई दास बनाएकै छ अझै त्यै पुँजीवादले
यिनै गुनासो पोख्दै आसुँ झार्छिन् नेपाल आमाले पनि ।
खजुरा, बाँके



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










