काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा विश्व नेपाली साहित्य महासंघको केन्द्रीय कार्यसमितिको नयाँ नेतृत्व चयन गरिएको छ ।
निर्वाचन मण्डलका संयोजक प्रा. डा. भीम खतिवडाले नयाँ कार्यसमितिका पदाधिकारीहरूको नामावली घोषणा गर्नुभएको थियो । निर्वाचन मण्डलका सदस्य डा. मधु माधुर्य र विश्वास दीप तिगेला रहनुभएको सो कार्यक्रममा डा. माधुर्यले नवनिर्वाचित पदाधिकारीहरूलाई सपथ गराउनुभएको थियो ।
नयाँ कार्यसमितिको अध्यक्षमा डा. लेखनाथ काफ्ले (ताइवान) निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा डेन्जोम साम्पाङ (अमेरिका) चयन हुनुभएको छ भने उपाध्यक्षहरूमा गोविन्द गौतम (रूस), विजय हितान (बेलायत), सुनिता राई कन्दङ्वा (काठमाडौं) र डा. मनमुर्ती भुर्तेल (रूस) चयन हुनुभएको छ । महासचिवमा देविका मंग्राती राई (खर्साङ, भारत), संगठन सचिवमा कल्पना पौडेल जिज्ञासु (नेपालगञ्ज), कोषाध्यक्षमा भीम बिरही राई (धरान) चयन हुनुभएकाे छ ।
त्यस्तै सदस्यहरूमा ऋषिराम सापकोटा (नेपालगञ्ज), कपिल अधिकारी (ताइवान), केबी पौडेल (जापान), कविता राई (भोजपुर), कृष्णप्रसाद गौतम (इटहरी), देवीबहादुर इङ्नाम (जापान), नवराज न्यौपाने (नेदरल्याण्ड), मणिराज सिंह (काठमाडौं), मोहनराज खनाल (बर्मा), रीतादेवी प्रधान (अमेरिका) र लेखप्रसाद प्याकुरेल (लुम्बिनी) चयन हुनुभएको छ ।
सल्लाहकारमा डा. मधु माधुर्य (अमेरिका), विश्वास दीप तिगेला (युके), सुरेन्द्र लिम्बू परदेशी (भारत), प्रा. डा. भीम खतिवडा (धरान), प्रा. डा. दिवाकर प्रधान (भारत), डा. घनश्याम परिश्रमी (नवलपुर), नवराज पोख्रेल (रोमानिया), शरद प्रधान (काठमाडौं) र हिक्मत थापा (नाइजेरिया) रहनुभएकाे छ ।
कार्यक्रमको आरम्भमा महासंघको नियमित मुखपत्र ‘साहित्य संसार’ पत्रिकाको नयाँ अंक विमोचन गरिएको थियो । सो अवसरमा ताइवानमा रही लामो समयदेखि नेपाली साहित्यमा सक्रिय योगदान पुर्याउँदै आउनुभएकाे कपिल अधिकारीलाई यस वर्षको उत्कृष्ट स्रष्टा सदस्य घोषित गरिएको थियो ।
सन् २०१० मा स्थापित विश्व नेपाली साहित्य महासंघले हालसम्म विश्वभर तीन दर्जनभन्दा बढी शाखा विस्तार गरिसकेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 






