काठमाडौं । पूर्व प्रधानमन्त्री तथा मदन पुरस्कार विजेता साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ को आवरण आज उहाँकै निवासमा सार्वजनिक गरिएको छ । ८५ वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गर्नुभएका चन्दको यस बहुप्रतिक्षित आत्मकथाले नेपाली साहित्य जगतमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
लेखन कुञ्ज प्रकाशनद्वारा प्रकाशित हुने यस पुस्तक आगामी २०८२ साल जेठ महिनाभित्र पाठकसमक्ष आउने लेखन कुञ्जका अध्यक्ष कमल ढकालले जानकारी दिनुभयो । ढकालका अनुसार, पुस्तकमा बैतडीको पहाडी क्षेत्रबाट जीवन यात्रा आरम्भ गरी चार पटक नेपालको प्रधानमन्त्री पदमा आसिन हुन सफल चन्दको संघर्षमय जीवनको रोमाञ्चक यात्रा समेटिएको छ ।
पुस्तकमा केवल उहाँको राजनीतिक जीवन मात्र नभई उहाँको साहित्यिक यात्रा र मदन पुरस्कार प्राप्तिसम्मको सम्पूर्ण जीवन्त अनुभवहरु समावेश गरिएको बताइएको छ । चन्दको लम्बो राजनीतिक जीवन र साहित्यिक योगदानलाई समेट्ने यस आत्मकथाले नेपाली समाज र राजनीतिलाई बुझ्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । उहाँको जीवन अनुभवबाट पाठकहरूले प्रेरणा र शिक्षा दुवै प्राप्त गर्ने अपेक्षा गरिएको छ । आवरण सार्वजनिक कार्यक्रममा उपस्थित साहित्यकार, पत्रकार र शुभचिन्तकहरूले पुस्तकको प्रकाशनको बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ असार २०८३, सोमबार 










