निर्भीकजंग रायमाझीको शब्द रचना तथा सौरभ ढकालको स्वर र भविन्द्र कुँवरको संगीतमा ‘धमिलो रङ रानीपोखरीको’ बोलको गीत सार्वजनिक भएको छ ।
गीतले विभिन्न ठाउँमा पोखरी, दरबार आदि बनाउँदा आम नागरिकले भोगेको दु:ख तथा श्रमको मूल्यबारे बोलेको छ । ‘त्यसरी त कहिल्यै सोचिएन’ कवितासंग्रहमा रहेको ‘रानीपोखरी’ शीर्षकको कवितालाई पुनर्लेखन गरी गीत बनाएको निर्भीकले बताए ।
‘संसारभरि नदी सभ्यता तथा पानीबारे गीत बनेका छन्’ निर्भीकले भने, ‘पोखरी पनि नदी सभ्यताकै एक रूप हो । गीतमा काठमाडौंको मात्र नभई सबैठाउँको रानीपोखरी, ताल, कुवा आदिलाई प्रतीकात्मक रूपमा प्रयोग गर्न खोजेका छौं ।’
‘हुरी स्टुडियो’ कुपण्डोलमा रेकर्ड गरिएको गीत निर्भीकजंग रायमाझी युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 










