राष्ट्रकवि माधवप्रसाद घिमिरेकोे तेह्रौं दिनको पूण्यतिथिमा राष्ट्रकवि भूगोल साहित्य समाजले गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरे

समाजका अध्यक्ष विनोद नेपालको अध्यक्षतामा दिनेश विक्रम थापा, शैलेन्द्र कुमार शाह, हरिश्चन्द्र गौतम, मुकुन्द अर्याल, नवराज पुडासैनी, बुध्दिराज पाण्डे, उमेश तिमिल्सिना तथा गुप्तबहादुर राना समेतका कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुको सहभागितामा सम्पन्न भर्चुअल बैठकले स्वर्गीय राष्ट्रकविको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरेको हो ।

‘नेपाली हामी रहौंला कहाँ’लगायत राष्ट्रभक्तिले ओतप्रोत दर्जनौँ सृजनाहरुले नेपाली समाजलाई राष्ट्रियता संरक्षणमा युगौेंसम्म अभिप्रेरित गरिरहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

वि.सं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिएका राष्ट्रकवि घिमिरेको १ सय १ वर्षको उमेरमा भदौ २ गते मंगलबार निधन भएको थियो ।