१)
कस्तो आरिस हो तिम्रो अर्कोलाई गिराउँछौ
धनी हूँ मात्र मै भन्छौ निर्धालाई तिराउँछौ
तुनेर स्वार्थका ताना खन्दै खाडल भूमिमा
देउता बन्दछौ आफू दानवत्व भिराउँछौ ।
२)
हामीले दिएको पाथी तिम्रालागि मानो भयो
कनिका टुक्रा दियौ ठान्यौ सुनको दानो भयो
एक हातले ताली बज्दैन बुझेको खै महोदय
सोच्दा हौ तिम्रै वरदानले खरको छानो भयो ।
३)
सान इमान पर राखेर खै कुन्नि के हातमा राख्छौ
दम्भ कुटिलता चाकरी र चाप्लुसी साथमा राख्छौ
कतिन्जेल चल्ने हो तिम्रो झूट र फरेबको कुटनीति
असत्य,अधर्म, पाप टीका कहिलेसम्म माथमा राख्छौ ।
४)
लौ सक्छौ भने नाम लेखाऊ पशुपतिको जलहरीमा
निरीह भएछौ चढेर देखाउँदै छौ जङ्गलको गिलहरीमा
कार्यकर्ता पालेर भ्रष्टाचार गर्न नसक्ने कहाँ ठुलो हुन्छ
अन्यत्र कतै नसके लेखाऊ नाम श्रीमतीको तिलहरीमा ।
भरतपुर ५, चितवन
(हालः बाँके)



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ असार २०८३, मंगलवार 






