उनले उठाएझै संगीन हात, मैले उठाउन सकिनँ
उनले चलाएझैँ युगीन कलम, मैले चलाउन सकिनँ
जलाए थुप्रै बस्तीहरू, जल्यो सय्यौँका मनहरू यहाँ
उनले रुझाएझैँ कलिन शब्द, मैले रूझाउँन सकिनँ
शासन त थुप्रैले गरेका छन्, इतिहासका पाना पल्टाउँदा
उनले समाएझै विद्रोहको राँको, मैले समाउन सकिनँ
नारा र सिद्धान्तले देश चल्दैन, चाहिन्छ व्यवहार राम्रो
उनले लगाएझैँ सम्पत्तिको धाक, मैले लगाउन सकिनँ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










