जीवन के हो ? प्रश्न तेर्सियो
कसैले शिशु र मुर्दा एकैसाथ देखाइदियो
प्रेम र घृणा एकैसाथ मानसपटलमा उन्माद गर्यो
स्वास र भौतिक शरीरको मूल्य अकाट्य देखियो
सफलता खोज्न निस्केको “मानव अस्तित्व”
चिरिएका पैताला र फोडा उठेका हत्केला लिएर फर्कियो
सुख र मेहनतको मेल होला भन्ने निर्क्यौलमा
सपना र चाहनाको मृगमरिचिका उभियो
जीवनको सुगन्ध के हो? अनायासै यथार्थले ब्युँझायो
कसैले पसिनाले निथ्रुक्क भिजेका कपडाहरू सुम्सुम्यायो
“भविष्य” केवल एक सुदूर परिकल्पना बन्यो
“वर्तमान” चलाउन सम्पूर्ण शरीर सल्बलायो
जब शरीरको “व्याकरण” बिग्रियो तब
चाहनाहरूको महल गर्ल्यामगुर्लुङ ढल्यो
एक सर्को स्वास पनि अब बुढेसकालमा
सिङ्गो जीवनको स्मृति बनेर ढुल्मुलायो ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 










