नवीन ध्यार

सुस्केरामा कोल्टे फेर्दै बित्छन् यी प्रहरहरू
मन्दमन्द नमुस्कुराउँदै मर्छन् यी रहरहरू

कस्तो वैगुणी छ यो समयचक्र भन्ने पनि
पीपलसँग आत्मा नजोडिँदै लड्छन यी वरहरू

बाँचुञ्जेल छ एसआराम मरे सबै खरानी
आफ्ना भन्नेहरूले नै किन लुट्छन् आशभरहरू

तीव्र ताप, राप अनि चापमा परेपछि
आगो बिनै पनि गुम्सिएर जल्छन् यी खरहरू ।

जाजरकोट