
जल पुकार
आँसुभित्रको आँसु
बाग्मती दुःख !
भ्यागुत्ताको ट्वारट्वार
तपाईँलाई कर्कशलाग्दो हो
तर मलाई सुनूँ सुनूँ लाग्छ
चराको चिरबिर
खोलाको कुलकुल
सुनिरहूँ लाग्छ ।
विडम्बना
समुद्रको पानी बिटुलिएको छ
हिमालयको हिउँ बिथोलिएको छ
मानवनिर्मित फोहोरले
आकार चेतनाको
कामको फोहोरले
निराकार चेतनाको
विचारको फोहोरले
हराइरहेछ नदी सभ्यता
बढिरहेछ महानगरीय सभ्यता ।
विपर्यास सभ्यताको त्रासदीमा
कसरी सुन्ने ?
नदीको आह्लादमय सुसाइ
कसरी बुझ्ने ?
प्रकृतिका बिस्मय !
बुट पालिस
खुसीको गहिराइ
ढाँट पर्याय !
धेरै सुनियो
एयरकन्डिसनमा बसेर गरेका
ओजनतह संरक्षणका कुरा
फ्रिजमा राखेको मदिरा पिएर अलापेका
पृथ्वी बचाउका नारा ।
धेरै भुलियो
इन्द्रिय सुखमा
नजानेरै रमाइयो
महानगरीय झिलिमिलीमा
जुट्नुपर्छ अब
कर्मशील हातहरूसँगै
श्रमजीवि कर्मपूजकहरूसँगै
नदी सभ्यता बचाउन ।
जुट्छन् जीवन निर्वाहका साधनहरू
बज्छन् विकासका नयाँ नयाँ धुनहरू
नदी किनारामै
घुम्छ प्रगति
फैलन्छ वैभव
नदी सभ्यतामै
जीवित रहन्छ
मानव जिजीविषाको
अजेय र अनन्त अस्तित्व
जल र जीवनको अन्तःसम्बन्ध ।
तालको पानी
जलचक्रमा रम्दै
तालमै झर्छ !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ असार २०८३, मंगलवार 










