सन्जित फलाना

बर्षौँ एकाग्र भएर
यसरि लिप्त थिएँ म साधनामा

बनाएथेँ एउटा एकान्तको कुटि
र निषेध गरेथेँ आफैलाइ
जगाएथेँ तिम्रो सम्झनाहरुको धुनि
र बिर्सि दिएथेँ आफैलाइ

ताराहरु चम्किँदा रातमा
देख्थेँ म तिम्रै सपना
घाम उदाउँदा दिनमा
जप्थेँ म तिम्रै कल्पना

सोचेर तिम्रो बारे
भुलेँ कति भोक
भुलेँ कति तिर्खा
भुलेँ कति चैन,आराम

सम्झिन्छु –
तिम्रो प्राप्तिको संघर्षमा
कति गरेछु प्रेमको तपस्या !