
सन्जित फलाना
बर्षौँ एकाग्र भएर
यसरि लिप्त थिएँ म साधनामा
बनाएथेँ एउटा एकान्तको कुटि
र निषेध गरेथेँ आफैलाइ
जगाएथेँ तिम्रो सम्झनाहरुको धुनि
र बिर्सि दिएथेँ आफैलाइ
ताराहरु चम्किँदा रातमा
देख्थेँ म तिम्रै सपना
घाम उदाउँदा दिनमा
जप्थेँ म तिम्रै कल्पना
सोचेर तिम्रो बारे
भुलेँ कति भोक
भुलेँ कति तिर्खा
भुलेँ कति चैन,आराम
सम्झिन्छु –
तिम्रो प्राप्तिको संघर्षमा
कति गरेछु प्रेमको तपस्या !



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 





