शीर्षरूपक छन्द: बाल कविता
गण – म म गु
सङ्केत – २२२ २२२ २
४ र ७ अक्षरमा विश्राम्
१
साक्खे बैनी मामाको
माया मेरी आमाको ॥
२
धेरै ठूलो धावाले
खेती गर्ने बाबाले ॥
३
पढ्ने लेख्ने गराए
पैसा तिर्दै पढाए ॥
४
काका काकी आएका
खेती बारी धाएका ॥
५
गाईनेको भाकाले
गाना गाए काकाले ॥
अमेरिका



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 







