चल्दैछ सास मेरो
मरी ठान्यौ ?
रेट्न नखोज ।
दुःस्वप्न थ्यो
निद्राको त्यो
विपनामा
ऐँठ्न नखोज ।
अनाथै त होइन म
मेरा पनि त
कोही होलान्
टुहुरो हो छैन
कोही मान्यौ ?
अचेट्न नखोज ।
ओरालो लागेको
मृगलाई बाछोले नि
खेद्छ यहाँ
उकालो लागेको
मलाई देख्यौ ?
धकेल्न नखोज ।
राम, शिव,
विष्णु, गणेश
भगवान जति
सबै तिम्रो ?
छैन ईश्वर
कोही भन्यौ
लखेट्न नखोज ।
अस्तित्व भएदेखि तिम्रो
मेरो पनि त
केही होला
खोज्दैछु म आफैंलाई
अस्तित्व मेट्न नखोज
चल्दैछ सास मेरो
मरी ठान्यौ ?
रेट्न नखोज
दुस्वप्न थ्यो
निद्राको त्यो
विपनामा ऐँठ्न नखोज ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










