
हरि उप्रेती
छोड्नु छ संसार एक दिन र पनि दौडिन्छ मान्छे
जल्नु छ चितामा पक्कै तर वीर सम्झिन्छ मान्छे
न आफूलाई चिन्छ न त अरूलाई चिन्छ कहिल्यै
आफ्नै औकात बिर्सिएर सब नाता तोड्दिन्छ मान्छे
आफू रमाउन अरूलाई यहाँ ढाल बनाउँछ पलपल
जब स्वार्थ पूरा हुन्छ अनि आफन्त बिर्सिन्छ मान्छे
ताकत अनि उमेर हुँदा आफूलाई बलवान ठान्छ ऊ
जब बैँस ढल्किन्छ आफ्नै कर्ममा पिरोलिन्छ मान्छे
कयौँ सपना देख्ने ती निर्दोष मन अनि आँखाहरू
जब आडम्बरले अन्धो हुन्छ अनि छट्पटिन्छ मान्छे
हरि उप्रेती -USA



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










