
सबै खोसिएको छ, ठगिएको छ, बेचिएको छ,
कालो मृत्युको कालै पखेटा फिँजिएको छ टाउकामाथि ।
सबैथोक खाइसकेको छ भोकले,
तै पनि आँखाअगाडि पर कतै
किन देखिँदैछ उज्यालो ?

अन्ना आख्मातोभा
बिहान हुने बित्तिक्कै
शहरछेउको जङ्गल, सास फेर्छ चेरीको;
चेरीको सुगन्धको ।
गर्मीको पारदर्शी गहिरो आकाशमा
रातैपिच्छे नयाँनयाँ ताराहरू छरिन्छन् ।
एकदिन पक्कै हुनेछ कुनै चमत्कार
अँध्यारो र भत्किएकाको बीचबाट,
कुनै अज्ञात चमत्कार भएरै छाड्नेछ ।
किनभने,
पर्खिरहेछौँ
यसलाई हामी
स-साना केटाकेटी छँदादेखि ।

सुमन पोखरेल



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२३ असार २०८३, मंगलवार 










