चट्याङ परेको सुन्नेछौ तिमीले
र मलाई सम्झिनिछौ।

सोच्नेछौ,

अन्ना आख्मातोभा

‘त्यसले आँधी नै चाहेकी थिई’ ।

आकाशलाई बाँध्नेछ, एउटा रक्तिम घेरोले
र पहिलेकै जसरी
फेरि जल्नेछ तिम्रो हृदय ।

यस्तो भएरै छाड्नेछ, त्यस दिन मास्कोमा ।
जुन क्षण
सदाका लागि बिदा लिनेछु म,
र उक्लनेछु
वर्षौदेखि उक्लिन चाहेको उचाइ,
मेरो छायालाई छाडेर तिमीसँगै ।

सुमन पोखरेल