“म तिमीलाई माया गर्छु । आई लभ यु सरु !”
“जोक्स नगर त ? म मुडमा छैन, तिमीलाई थाहा भएकै कुरो हो, हामी ‘वेस्ट फ्रेन्ड’ मात्र हौँ भनेर…”
“आइ एम भेरी सिरियस । यो वेस्ट फ्रेन्डको सिलसिला धेरै चल्यो । अब म तिमीसँग विवाह गर्न चाहन्छु ।”
विवाहको कुराले सरु आश्चर्यचकित भइन् र विवाह गर्नु पर्ने कारण सोधिन् ।
उसले बेस्ट फेन्ड भएको र एक अर्काको आनीबानी राम्ररी थाहा पाएकोमा जोड दिँदै भन्यो, “हाम्रो पेसा एउटै म न्युरो सर्जन, तिमी मुटुरोग विशेषज्ञ, हाम्रो विवाह भयो भने हाम्रो बच्चा मन र मस्तिष्क दुवैमा अब्बल हुनेछ । त्यसैले हामी विवाह गरौँ।”
सरुले भनिन्, “हाम्रो वेस्ट फ्रेन्डको रूपमा सम्बन्ध राम्रो छ भन्दैमा श्रीमान् श्रीमतीको रूपमा पनि यस्तै हुन्छ भन्ने के ग्यारेन्टी ? बच्चा अब्बल हुन्छ कि दुर्बल त्यो पनि अहिले निश्चित गर्न सकिन्छ र ? यस्तो कु-तर्क पनि गर्ने हो ? मित्रता र विवाह भनेका पवित्र सम्बन्धहरू हुन्। यी कुनै भविष्यको कल्पना वा नाफा घाटाको जगबाट बनेका हुँदैनन् । विश्वास र समझदारीमा अडेका हुन्छन् । तिमी विश्वासको लायक रहेनछौँ । विवाहको कुरा त परै जाओस्, आजदेखि तिमी मेरो वेस्ट फ्रेन्ड पनि रहेनौ । एकै ठाउँमा काम गर्ने भएकोले मात्र -सहकर्मी ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 








