कविता – तिमी आयौ

ढोका खुल्लै छ भित्र आऊ
तर एकछिन पर्ख
ढोकानेरको खुट्टा पुछ्ने ठाउँमा
आफ्नो घमण्ड सफा गरेर आउनु
मह दिने मौरी शिरमा पर्छे
आफ्नो सबै रिस त्यही छोडेर आउनु
तुलशीको बुट्टामा मनको पीर चढाएर आउनु
आफ्नो व्यस्तता बाहिर काँटीमा नै
टाँगेर आउँनु
जुताहरुसँग सबै नकारात्मक सोच फुकालेर आउनु
बाहिर खेल्दै गरेका नानीहरुसित
थोरै चकचक मागेर ल्याउनु
त्यो गुलाबको गमलामा मुश्कान झुलेको छ
चुड्दै पैरिएर आउँनु
ल्याउ तिम्रो थकान मलाई बोकाई देऊ
तिम्रो थकानमा म मनका व्थाहरुको पङ्खा झुला दिन्छु
हेर रातला बिछ्याएको छु मैले
शूर्यलाई क्षितिजमा बाँधेको छु
लाली छर्केकी छु पृथ्वीमाथि
प्रेम र विश्वासको बिस्तारै बिस्तारै गर्मीमाथि मैले चिया चढाएकी छु
घट घट पिउनु
सुन
यति धेरै गार्ह्रो पनि छैन जिउनलाई !

….

(मुल कविको परिचयः महाश्वेता देवी एक भारतीय बङ्गाली लेखीका र एक्टिबिष्ट थिईन् उनका महत्वपूर्ण साहित्यिक कृतिहरुमा हजार चौरासीकी आमा,रुदाली र अरन्यर अधिकार हुन् । उनी बामपंथी थिइन र भारतीय राज्यहरु मध्य प्रदेश ,पश्चिम बङ्गाल,बिहार र छतिस गढका पिछडिएका जनजाति आदिवासी जनताहरुको हक र अधिकार प्राप्तिको लागि काम गर्थिन् । उनको जन्म १४ जनवरी १९२६ मा बङ्गालादेशको राजधानी ढाकामा भएको थियो भने मृत्यु २८ जुलाई २०१६ कलकता भारतमा भएको थियो । स्मरण रहोस् उनका कविता आख्यानहरु विश्वविद्यालयहरुमा पढाइन्छ भने उनले साहित्य एकेडेमी, ज्ञानपिठ, रोमन म्यागसेसे ,जनपित,पद्माश्री,पद्मभुसण जस्ता अनेकौ प्रतिष्ठित पुरस्कारहरु पाएकी थिइन ।)

अनुवादकको परिचयः साहित्यका विभिन्न विधामा कलम चलाउने विवेक दुलाल क्षेत्री “दमक” वैदेशीक रोजगारीको क्रममा युएइको अबुधाबिमा छन् । यिनले आफ्नो एकल कविता संग्रह हिम आइमाईहरु २०७५ सहित आधा दर्जन संयुक्त कृतिहरु प्रकाशन गरी सकेका छन् । यिनका अङ्ग्रेजी, हिन्दी अनुवाद कविताका साथै, समीक्षा,लेख ,मुक्तक, गजल, हाइकु ,बाछिटा ,लघुकथा, कविताहरु विभिन्न वेव पत्रीका तथा अनलाइनहरुमा प्रशस्तै पढ्न पाइन्छ । यिनी सगरमाथा साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा हाल संरक्षक पनि हुन् ।