छन्दः अनुष्टुप

तालाबन्दी भयो लामो खुल्दैखुल्दैन यो कतै ।
किन मिल्दैन मिल्दैन चाबी जीवनको कतै ।।
।।१।।

ढप्किएको थियो ढोका घ्याच्च ठेल्दा हुने थियो ।
व्यर्थै जीवन यो सारा चाबी मिलाउँदै गयो ।।
।।२।।

थियो आनन्द ता भित्र ताला खुल्लै थियो तर ।
झुप्पो बोकेर चाबीको कुदेँ बाहिर बाहिर ।।
।।३।।

तालाचाबी सबै फाली पर्छ निस्कनु बाहिर ।
अनि पो भित्रको सत्य साँच्चै आउँछ बाहिर ।।
।।४।।

आनन्द आश्रम
रतुवामाई न.पा. ४, मोरङ