म तिम्रो आँखाको नानी भएर
संसार हेरिरहन चाहन्छु
मेरो धर्म यही हो
धर्मप्रति मलाई गर्व छ

सौन्दर्यको पाखण्ड पारखी तिमी
मेरो सौन्दर्यले नअघाएर
मैलाई निमोठिरहन्छौ/चुँडालिरहन्छौ

यो पनि सत्य हो
जबसम्म तिम्रा आँखा
तिम्रो मनको कैदमा रहन्छन्
तिम्रा हात यसै गरिरहन्छन्

र परिणाम यस्तो छ
सौन्दर्यको पुजारी बन्ने तिम्रो सपना
जुन हर्कतमा तल्लीन छ
तिमीलाई शिकारी मात्र बनाएको छ
पूजारी होइन

यौटा अर्को पनि सत्य छ
तिम्रो मात/उन्मातका अगाडि
म जतिपटक चुँडिउँ/निमोठिउँ
हार खाँदै खान्न
धर्म रक्षार्थ
फेरि उम्रन्छु, पलाउँछु र फुल्छु
र यो मेरो चुनौती हो ।

अर्घाखाँची