सुख कहाँ छ, नसोध्नु
कतिले पुग्छ, सोध्नु
सुख त्यहाँ छ

तर्कमा माने, नठान्नु!
लोभ छ ममा, मान्नु
सुख त्यहाँ छ

म छु र त संसार छ, नमान्नु
संसार छ र त म छु, ठान्नु
सुख त्यहाँ छ

टेकेको धर्ती र देखेको आकाश
सिमाना भित्र, नबाँध्नु
आफ्नो खुट्टो, आफैँले टेक्नु
सुख त्यहाँ छ

को कहाँ छ, नतुल्नु
बस, हिँड्नु छ, गुन्नु
सधैँ आफैँभन्दा अघि
सुख त्यहाँ छ

सपना देख्नु
सपना – ले
आशा
आश्नु
आशा – ले
अवस्था
अबस्नु
अवस्था – ले
निरन्तरता
निरन्तरनु
निरन्तरता – ले
गुणवत्ता
गुणवत्नु
गुणवत्ता – ले
पूर्णता !

(अजम्बरी को छ ?)२
बुढ्यौलीले फ्याट्टै मर्नु
सुख त्यहाँ छ

सुख कहाँ छ, नसोध्नु
कतिले पुग्छ, सोध्नु
सुख त्यहाँ छ ।