काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको नयाँ कार्यसमिति गठन गरेको छ । संस्कृतिमन्त्री सुदन किराँतीको सिफारिसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठानको नयाँ कार्य समिति गठन गर्नुभएको हो ।
प्रतिष्ठानको कुलपतिमा रंगकर्मी निशा शर्मा नियुक्त हुनुभएको छ । यस्तै उपकुलपतिमा गायक शम्भु राईलाई नियुक्त गरिएको छ । त्यस्तै सदस्य सचिवमा कुस्मा महरालाई नियुक्त गरिएको छ ।
प्राज्ञहरूमा कर्ण बहादुर गौतम, बखतबहादुर हमाल, डक्टर राई, हिसनबहादुर मगर, टीका पुन, चेतन सापकोटा नियुक्त हुनु भएको छ ।
साथै, अन्य २४ जना प्राज्ञसभा सदस्य पनि नियुक्त हुनुभएको छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
२०७९ चैत्र १२ ०१:४२
संगीत–नाट्य प्रज्ञा–प्रतिष्ठानको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा मुद्दा
साहित्यपोस्ट
२०८० असार १९ ०१:४६
२१ असार २०८३, आईतवार 








