
लेखक सरिता अर्यालले समुद्र सतहभन्दा ४० हजार फिटमाथि आफ्नो चौथो कृति ‘खुसीको फड्को’ विमोचन गरेकी छिन् । अर्यालको नवीनतम् कथासङ्ग्रहको विमोचन कतार एअरबाट अमेरिका जाँदै गर्दा ८४ वर्षिया आमा लक्ष्मी न्यौपानेको हातबाट गरिएको हो ।
नेपाल स्रष्टा समाजबाट प्रकाशित कथासङ्ग्रहभित्र १४ वटा कथाहरू छन् । कोरोना कहरका कारण मानिस भेला गरेर कुनै पनि कार्यक्रम गर्न नपाइने सरकारी सूचनालाई मध्यनजर गर्दै विमोचनको यो नौलो तरिका अपनाएको लेखक सरिता अर्यालले जनाएकी छिन् ।
यो कथासङ्ग्रहको बिक्रीवितरणको जिम्मेवारी ज्ञानज्योति पुस्तक पसल अद्वैत मार्ग काठमाडौँ र किताब यात्राले लिएका छन् ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 










