अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आयोजना गरेको विश्वव्यापी नेपाली कविता प्रतियोगितामा प्रथम भएका कवि जगन्नाथ पौडेलले कवितासंग्रह प्रकाशन गरेका छन् । साहित्यपोस्ट ई–दैनिकको माउसंस्था शब्दमिडिया प्रा.ली ले पौडेलको पुस्तक ‘बग्दै बग्दै’ बजारमा ल्याएको हो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालले उनको पुस्तक विमोचन कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा उक्त कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि एवं अनेसास बिओटीका अध्यक्ष पदम विश्वकर्मा, अनेसासका पूर्व केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार एवं समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, अनेसासका केन्द्रीय उपाध्यक्षहरू राजेन्द्र श्रेष्ठ र डा. रेणु थापा सोलु, समालोचक महेश पौडेल, साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइराला, गणेश कुमार जी. सी. लगायतले लोकार्पण गर्नु भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पदम विश्वकर्मा, पूर्व अध्यक्ष राधेश्याम लेकाली, पूर्व सल्लाहकार .डा. लक्ष्मणप्रसाद गौतम, कवि जगन्नाथ पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

यसैगरी समालोचक महेश पौडेल र डा. बालाकृष्ण अधिकारीले लोकार्पित कृतिबारे समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा साहित्यकार सुमन वर्षा, तैं तैं धिताल, मोहराज शर्मा लगायतले लोकार्पित कृतीबाट कविता वाचन गर्नु भएको थियो । कविता वाचनको बेला वसन्त चामलिङ राईले बाँसुरीमा धुन दिनु भएको थियो ।

अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र के. सी. को सभापतित्वमा आयोजित उक्त कार्यक्रममा कोषाध्यक्ष कमला रिसालले स्वागत गीत तथा स्वागत मन्तव्य उपाध्यक्ष निर्मल पराजुलीले र  संचालन उपाध्यक्ष उपाध्यक्ष मन्जिला अनिलले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू श्रीओम श्रेष्ठ, युवराज नयाँघरे, दिव्य गिरी, विजयध्वज थापा, विक्रमभक्त जोशी, देविका तिमिल्सिना, रन्जना निरौला (महासचिव), शान्ति रिसाल, सिर्जना शर्मा, रमेश दहाल, ममता मृदुल, यादेवी ढकाल, राज रजक, रिसव घिमिरे, हरिश कल्पित लगायतको उपस्थिति रहेको थियो ।