साहित्यिक पत्रकार संघले दोलखाको शैलुुङमा पुस ४ देखि पुस ६ गतेसम्म “कविता यात्रा”को आयोजना गर्ने भएको छ । कविता यात्राका क्रममा शैलुङको थुम्कामा स्रष्टा घरको शिलान्यास गरिने भएकाे हो ।
स्रष्टाहरूलाई देश दर्शन गराउने तथा मोफसललाई केन्द्रसँग जोड्ने र केन्द्रलाई मोफसलसम्म पुर्याउने कवितायात्राको उदेश्य रहेको संस्थाले जनाएको छ ।
यस कविता यात्रामा साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको नेतृत्वमा दुई दर्जन बढी सर्जकहरू शैलुङ जाँदै छन् । कविता यात्रामा सहभागी सर्जकहरूमा मदनदास श्रेष्ठ, नरेन्द्रबहादुर श्रेष्ठ, शोभित उप्रेती, प्राडा. गोविन्दमान सिंह कार्की, रामप्रसाद पन्त, विनोद नेपाल, नन्दु उप्रेती, सुवास ढुङ्गेल, प्रधुम्न जोशी, मुरारि सिग्देल, श्रीबाबु कार्की, रुद्र अधिकारी, कृष्ण के.सी., नीता श्रेष्ठ, डा. बुनु दाहाल, नवीन शाही रहेका छन् ।
यसैगरी, चर्चित गायकहरू नवीन पौडेल, नरहरी प्रेमी, रितु कँडेल, गङ्गा भूर्तेल र बालनृत्यकार रन्जना थपलिया तथा सञ्चारकर्मीहरू पुष्पा थपलिया, हेम थपलियालगायत यात्रामा सहभागी रहने छन् । कार्यक्रममा दोलखाका अन्य सर्जक, पत्रकार र स्थानीयहरूको पनि सहभागिता रहनेछ ।
कार्यक्रम तालिकानुसार पुस ४ गते चरणावतीधाम दर्शन, ५ गते शैलुङको थुम्कामा साहित्य विमर्श एवं कवि गोष्ठी तथा स्रष्टा घरको शिलान्यास र ६ गते भैंसेमा कवि गोष्ठी तथा सांस्कृतिक कार्यक्रमको आयोजना हुनेछ ।
२०४२ सालमा पहिलोपटक साहित्यिक पत्रकार संघले दोलखाको जिरीमा कविता यात्राको आयोजना गरेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










