गोपाल खनाल

गोपाल खनाल
सम्झन कारण चाहिन्छ, बिर्सन नि कारण चाहिन्छ
जसरी कुनै विषय स्पष्ट बुझ्न उदारण चाहिन्छ
कदर छैन भावनाको, झन् छलकपट छ मनपरी
बुझ्नुस् हर विषयको अब स्पष्ट प्रसारण चाहिन्छ
तिमीले प्रेमको नाउँमा मेरो मुटु खुब दुखाएकी छौ
अब मलाई तिमीबाटै यसको निवारण चाहिन्छ
मात्रै लेखिदिनु भो चुपचाप मैले के बुझ्नु भाग्यझैँ
सम्झाइदिनुस् न भाषा बुझ्न उच्चारण चाहिन्छ
अनिदो बिहान हुन्छ हरहरूको चिहान छ मन
सुरक्षित गर्न केही अब छुट्टै भण्डारण चाहिन्छ ।
तारकेश्वर गापा. दाङसिङ, नुवाकोट



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










