कल्पना पौडेल ‘जिज्ञासु’
चुनाव आउँदा घरगाउँमा राजनीति तुफान चल्छ
घोषणा पत्र एजेण्डामा देश निर्माणको बखान चल्छ
नारा जुलुस घन्काउँछन् गाउँ बस्ति चोकचोकमा
पार्टी बीचमा होडबाजी र प्रचारबाजी उठान चल्छ
झुक्याउनलाई दौडधुप गरिबका ती झुपडीमा
झुटा सिध्दान्तका चिप्ला भाषण रटान चल्छ
सत्ता भत्ता कुर्चिखेलमा बिगत त्यसै खेर फाली
खै त क्रान्ति ? त्यही सोधखोजको विधान चल्छ
इमानमा चल्न सके पाउँछन् विश्वास जनताको
हारजित कस्को भन्दै अभिमतको किटान चल्छ
खजुरा, बाँके



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
कल्पना पौडेल "जिज्ञासु"
२०७९ फाल्गुन २३ १०:१४
२१ असार २०८३, आईतवार 









