गरिब लड्छन मर्छन् सरकार धनीको हुन्छ
क्रान्ती भन्दै बली चढे संसार धनीको हुन्छ
राज त भयो दुनियाँ भरिमै मुठ्ठिभर धनीको
गरिब लड्दा जितको आधार धनीको हुन्छ
आखिर के गरौँ गरिब सर्वहारा श्रमजीवीले
भन गरिबले बनाएकै औजार धनीको हुन्छ
थुप्रै छन् आफूलाई क्रान्तिकारी खम्बा भन्ने
दुःख लाग्छ उनैको व्यवहार धनीको हुन्छ
आज पनि गरिबलाई कसैले हेर्दैन् संसारमा
जस्तोसुकै सरकारमा उद्धार धनीको हुन्छ
हामी औजार बनाउँछौँ गुडाउँछौँ र उडाउँछौँ
त्यो सबैमा कब्जा सधैँ बरकरार धनीको हुन्छ।
उप महानगर पालिका घोराही १८, दाङ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 







