
सुरेश जोशी
गोधुली साँझ
उन्मुक्त हाँसो
प्रेमिल भावनाले
जोडेको सम्बन्ध
असफल भई
भाँच्चिएको मनले
निष्ठुरताको पराकाष्ठा भोग
निस्तेज छन् आँखा
प्रेमको सम्बन्ध
पैसासँग जोख्न खोज्दा
तुलाको असन्तुलन बढी भइदिँदा
ढक कति थप्ने भन्ने कुराले
विलखबन्दमा पारेको छ
शान्त र सन्तुष्ट मनमा
अनायास कृत्रिम आरोपपत्र दाखिल भई
प्रेमको मृत्युपत्रमा हस्तक्षर गर्न बाध्य पारिँदा
मस्तिस्क झंझा भएझैँ
मथिङ्गल फनफनी घुमे पनि
प्रेमको मलामी
जान विवश छु
त्यसैले अब
चिच्याएर तिम्रा र मेरो सम्बन्धका कथा
भरी चौराहमा
सबैलाई भन्न मन आतुर छ
ती सबै वाचाबन्धनहरुका पुलिन्दा
सडकमा छरपस्ट फिँजाई
तिम्रो निस्ठुरताको परीक्षा
रंग फेराईको स्तर
परीक्षण गर्ने धोको बाँकी रहेको छ
थाहा छैन लैला मजनुको मन कस्तो थियो
जुलियट र सिजर केले बनेका थिए
तर प्रेमिल यो जोडी र
तिम्रो सृष्टिकर्ता एउटै हो भने
तिनीहरुका प्रेमप्रति पनि
अब त सन्देह छ मलाई
सैंबु, ललितपुर



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 








