सोध्न मन छ
समय नपाएर दौडिरहेको समयलाई
अञ्जुलीमा भरेर एक अञ्जुली समय
कसले दिन्छ ?
सोध्न मन छ ।
सोध्न मन छ
विश्वास नभएर उफ्रिरहेको विश्वासलाई
अँगालोभरिको विश्वास
कसले दिन्छ ? सोध्न मन छ ।
के सुत्न सक्थे र आँखाहरू ? सक्दैनन् होला
नसुतेका आँखालाई, सुतेका आँखाहरू
कसले दिन्छ ? सोध्न मन छ ।
सोध्न मन छ
युद्धको हल्लाले झस्केर ब्युँझन्छन् बालकहरू
कलिलो मस्तिष्कले सोच्नै नसक्ने डरलाग्दो
उत्तर गोला, बम, बारुदको
कसले दिन्छ ? सोध्न मन छ ।
हे ईश्वर !
कोरोनाको विशाल डढेलोले सुकेका मान्छेहरूको मन
फेरि पलाउला या नपलाउला ?
यो पनि सोध्न मन छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२० असार २०८३, शनिबार 




