नीलो आकाशमा रुईजस्ता बादलको खेल,
विदेशबाट फर्केका नेपाली दाजुभाइको मेल।
चारैतिर हरियाली, पहेंलै धान झुलेको छ खेतमा,
नयाँ नाना, मीठो खाना, मन डुलेको छ लिङ्गे पिङमा।
उत्तरतिर सेता हिमशृङ्खला टलक्क टल्किएको,
हामी सबै नेपालीको मुहारमा खुसी झल्किएको।
बालबच्चा, इष्टमित्र सबै भन्छन्– दशैँ आयो,
घरघरमा खुसी, उमङ्ग रमाइलो दशैँले पो ल्यायो।
दशैँको दिन, टीका जमरा, आशीर्वाद थाप्ने मेलो,
स-परिवार जमघट भई, मायाले घर सजियो।
हाँसोठट्टा, भेटघाटले आत्मीयता गहिरो बनायो,
छिमेकी र इष्टमित्र सबैलाई हर्षित तुल्यायो।
मनमा उल्लास, मुटुमा माया, संस्कृतिको रङ्ग फैलायो,
भुलेर वैरभाव, सबै नेपालीलाई एकताको सूत्रमा बाँध्यो।
चाडपर्व हो हाम्रो चिनारी, संस्कारको सुन्दर पहिचान,
खुसी, सद्भाव र माया बढाउने हाम्रो दशैँ पर्व महान्।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










