लाग्छ समय यौटा समुद्र हो
मिल्छु म जब अंतमा यसमा
अनंतसँगको मेरो सम्मिलन
विलय हुन्छ जीवात्मा जसमा

मेरो अस्तित्व रहनेछ पछि
खालि मेरा अक्षरहरूमा
सम्पूर्णतः एकाकार भई
सधैँ स्व अभ्युदयमा पर्खिंदै ।

 

कविटोल, विराटनगर