जे हुँदैछ
जे गरिँदैछ
जे भोगिँदैछ
त्यो यथार्थ हो

जे हुँदैछ
जे गरिँदैछ
जे भोगिँदैछ
त्यो
जे हुनुपर्ने हो
जे गर्नुपर्ने हो
जे भोग्नुपर्ने हो
त्यही भए
त्यही गरिए
त्यही भोगिए
एक मीठो यथार्थ बन्थ्यो

जे हुँदैछ
जे गरिँदैछ
जे भोगिँदैछ
त्यो
जे हुनुपर्ने हो
जे गर्नुपर्ने हो
जे भोग्नुपर्ने हो
त्यही नहुँदा
त्यही नगर्दा
त्यही नभोग्दा
एक तीतो यथार्थ बन्छ

त्यसो त
न त यथार्थताको पयार्यवाची तिक्तता हो
न त तिक्तता यथार्थताको अकाट्य विशेषता हो
तर पनि यथार्थ तीतो देखिन्छ
यो सिर्फ आजको यथार्थता हो

यथार्थ तीतो नहुन सम्भव छ
यसको मतलब
यथार्थ मीठो हुन सम्भव छ

यथार्थ मीठो हुन
जे हुनुपर्ने हो
त्यस्तै हुनुपर्ने छ
जे गर्नुपर्ने हो
त्यस्तै गर्नुपर्ने छ
जे भोग्नुपर्ने हो
त्यस्तै भोग्नुपर्ने छ

जे हुनुपर्ने हो
त्यही हुन
जे गर्नुपर्ने हो
त्यही गर्न
जे भोग्नुपर्ने हो
त्यही भोग्न
सिर्फ एउटै शब्द काफी छ
त्यही शब्द हो, अभ्यास ।