अभागीको कमाइ भन्नु पिरकै भारी रैच
त्यही पिरको भारी बोकी हिँड्नुपर्दो रैच
तनका घाउ सबले देख्छन्, मनका देखिँदैनन्
साथ दिन्छु सबले भन्छन्, चाहिँदा भेटिँदैनन्
फूल फुलेको डाली देख्दा नजर लाउँदा रैचन्
पात झरेको देखेपछि ओझेल पर्दा रैचन्
बलेको त्यो आगोसँग साइनो गाँस्दा रैचन्
त्यै आगोलाई निभ्न थाल्दा सबै हाँस्दा रैचन्
ठडिएका महलसँग नाता गाँस्दा रैचन्
चोखो मायासम्बन्ध त चुँडाई फाल्दा रैचन्
अभागीको कमाइ भन्नु पिरकै भारी रैच
त्यही पिरको भारी बोकी हिँड्नुपर्दो रैच
त्यही पिरको भारी बोकी हिँड्नुपर्दो रैच ।
गुल्मी
हाल: स्वयम्भू



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










