
लेखकका बारेमा
नाम: एन्टोनी डे सन्त एजुपेरे
जन्म: जुन २९, १९००
मृत्यु:– १९४४
जन्मस्थान:- लुयन, फ्रान्स
पेशाः:- पाइलट/लेखक
उपन्यासकार एन्टोनी डे सन्त एजुपेरे पेशाले पाइलट थिए | फ्रेन्ज न्यमेल एकेडेमी (French navel Academy) को प्रवेश परिक्षामा असफल भएपछि उनले सिपाहीको जागिर सन् १९२१ मा Starasbowey बाट शुरू गरे । त्यही उनले पाइलटको कोर्ष पुरा गरे । सन् १९२३ मा आफ् नो स्थायी जागिर छोडेर विभिन्न कामहरू गर्न थाले । फेरि सन् १९२६मा आफ्नो पुरानै हवाईजहाज चलाउने काम शुरू गरे । दुई पटक हवाई दुर्घटनामा परेपनि उनी सकुसल बाँचे ।
उनको पहिलो पुस्तक साउँटन मेल (Southern Mail) सन् १९२९ मा प्रकाशित भयो । सन् १९३४ मा उनको दोस्रो उपन्यास वुन्ड, सान्ड र ताराहरू
(Wind, Sand, and Stars) छापियो । जुन Grand Prize for Novel Writing र National Book Award बाट अमेरिकामा सम्मानित भयो |
सन् १९४३मा फुच्चे राजकुमार ( The Little Prience) प्रकाशित भयो जसले उनलाई संसारमा चिनाए । यो पुस्तक संसारको धेरै भाषामा अनुवादित पुस्तक मध्ये एक हो । सन् १९४४ मा उनको निधन हुनु एक वर्ष अघि मात्र उनले फुच्चे राजकुमार (The little Prience) लेखेका हुन् ।
अध्याय – एक
छ वर्षजतिको उमेरमा मैले एउटा पुस्तकमा अनौठो चित्र देखेँ । त्यस पुस्तकको नाम थियो “मेरो आत्मकथा” । त्यो चित्र एउटा अजिङ्गरको थियो, जसले एउटा जङ्गली जनावर निलिरहेको थियो ।
चित्र यस्तो थियो :
पुस्तकमा लेखिएको थियो, “अजिङ्गर आफ्नो सिकार सिङ्गै सलक्कै निल्छ, चपाउँदा पनि चपाउँदैन । त्यसपछि ऊ हिँड्डुल गर्न सक्दैन । सिकार पचाउनकै लागि छ छ महिनासम्म सुत्छ |
त्यसबाट प्रभावित भएर मैले हात्तीलाई निल्दै गरेको अजिङ्गरको चित्र बनाएँ । मैले आफ्नो त्यो कलाकृति (चित्र) घरका ठूलाबडालाई देखाएँ ।
ठूलाबडाले त त्यसलाई ह्याटको चित्र पो बनाएछ भन्ने ठानेछन् । त्यसपछि मैले अजिङ्गरको भित्री भागको चित्र बनाएँ । तैपनि मैले पटक-पटक चित्रको बारेमा सफाइ दिनुपर्यो ।
उहाँहरूले मलाई चित्र बनाउन छाडेर भूयोल, इतिहास, गणित अथवा व्याकरणमा ध्यान दिन सल्लाह दिनुभयो । यसरी मैले छ वर्षको उमेरमै चित्रकारिता छाडिदिएँ ।
चित्रकारिता छाडेपछि म विमान चालक बनेँ । वास्तवमा भूगोल पढेर मैले ठीकै गरेँछु जस्तो लाग्छ किनभने अरिजोना र चीनको भौगोलिक दूरीका बीचमा फरक छुट्याउन त सकियो ।
आफ्नो जिन्दगीमा मैले थुप्रै खाले मानिससित साक्षात्कार गर्ने अवसर पाएँ । कोही-कोही त अलि समझदार जस्तो पनि लाग्थ्यो तर जतिखेर म, अजिङ्गर र हात्तीको चित्र देखाउँथे उनीहरू सबैको एउटै जवाफ हुन्थ्यो, “यो त एउटा ह्याटको चित्र हो ।
त्यसपछि मैले कहिल्यै पनि अजिङ्गरको चित्रका बारेमा उनीहरूसित कुरा गरिन । बरू उनीहरूकै हाराहारीमा गल्फ, ब्रीज र राजनीतिका बारेमा कुरा गर्नथालेँ । यस्तो कुरा गर्न थालेपछि जान्नेसुन्ने मानिसहरू मेरो कुरामा पनि चाख राखेर सुन्न थाले ।
अध्याय – दुई
छ वर्षअघि सहारा मरूभूमिमा मेरो हवाइजहाज दुर्घटनामा पर्दा मैले आफ्नो मनको बह पोख्ने मान्छे भेटिएन । साथमा कोही नभएकाले एक्लै जहाज मर्मत गर्न थालेँ । मेरा लागि यो जीवन मरणको सवाल थियो । मुस्किलले एक हप्ताका लागि मात्रै पुग्ने पानी मसित थियो ।
पहिलो रात त म बालुवामाथि नै सुतैँ । त्यो ठाउँ मानवबस्तीबाट हजारौँ माईल टाढा थियो । उज्यालो हुनैलाग्दा एउटा अनौठो खालको मधुरो आवाजले गर्दा म व्युझिएँ । कस्तो आश्चर्य ! कल्पना गर्नै नसकिने । फुच्चे बालक राजकुमारजस्तो देखिने अनौठो मान्छेले भन्यो, “कृपया मेरालागि भेडाको चित्र बनाइदेऊ न ।”
“के रे ?”
“भेडाको एउटा चित्र बनाइदेऊ न मेरा लागि ।”
म छक्क परेँ । आँखा मिचेर राम्ररी हेर्दा पो थाहा भयो, एउटा अनौठो बालक बडो गम्भीरतापूर्वक मतिर नियालेर हेर्दै रहेछ । मलाई राम्ररी सम्झना छ । मैले खल्तीबाट कागज र पेन्सिल निकालें । अनि उसकै चित्र बनाइदिएँ । 
धेरै दिनपछि मैले बनाएको केटाको यो चित्रभन्दा बालक तुलनात्मक रूपमा धेरै आकर्षक थियो । यसमा मेरो के दोष छ र ? छ वर्षको उमेरमै ठूलावडाले मलाई चित्रकार बन्न हतोत्साहित गरेका थिए |
बिर्सनै नहुने कुरा के हो भने म मानवबस्तीबाट हजारौं माईल टाढा थिएँ । यो फुच्चे बालक मरूभूमिमा हराएको जस्तो लाग्दैनथ्यो । ऊ भोक र प्यासले अत्तालिएको पनि थिएन ।
आश्चर्यचकित हुँदै म त्यो फुच्चे केटालाई एकटकले हेर्न थालेँ ।
उ कुनै अपरिचित ठाउँमा भएझैं लाग्दैनथ्यो ।
निकै मधुरो स्वरमा उसले फेरि भन्यो, ‘मेरा लागि भेडाको एउटा चित्र बनाइदिन सक्नुहुन्छ ?”
बाध्य भएर बोल्नै पर्यो मैले | “मलाई भेडाको चित्र बनाउनै आउँदैन ।”
उसले भन्यो, “केही फरक पर्दैन, जस्तो आउँछ त्यस्तै बनाइदेऊ ।”
मैले भेडाको चित्र त कहिल्यै बनाएकै थिइन । मलाई मनपर्ने उही वाल्यकालमा बनाएको जस्तै अजिङ्गरले हात्ती निल्दै गरेको चित्र बनाईदिएँ ।
तर बालकले चित्र हेरेर भन्यो, “नाइँ मलाई अजिङ्गरको पेटमा हात्तीको चित्र चाहिँदैन । अजिङ्गर धेरै खतरनाक हुन्छ । मलाई जसरी पनि भेडाकै चित्र चाहिन्छ । अजिङ्गर त डरलाग्दो पो हुन्छ ।’ म जहाँबाट आएको हुँ त्यहाँ त सबै चीज साना हुन्छन् । बालकको जवाफ सुनेर म अवाक भएँ ।
त्यसपछि भेडाको चित्र जसोतसो बनाएर देखाएँ | 
निकै ध्यान दिएर चित्र हेरेपछि उसले भन्यो अहँ यो त बिरामी जस्तो पो देखिन्छ । अर्कै चित्र बनाइदेऊ न । म जति चित्र बनाउँदै जान्थेँ ऊ त्यति नै अस्वीकार गर्दैजान्थ्यो अनि नयाँ भेडाको चित्र बनाउन अनुरोध गर्थ्यो ।
ऊ भन्थ्यो, “मलाई त धेरै दिनसम्म बाँच्ने भेडा चाहिन्छ ।”
अन्ततः मेरो धैर्यको बाँध टुट्यो । मैले चित्र च्यातेर फ्याँकिदिएँ । म त्यहाँबाट भागैँ । जहाजको इञ्जिन मर्मत गर्नु थियो मलाई । उसले फेरी भेडाको चित्र बनाई दिनुहोस भनी अनुरोध गरे । मैले एउटा बाकसको चित्र बनाएँ अनि भनेँ, “हेर यो बाकस, तिमीले खोजेको भेडा यही बाकसभित्र छ ।”
त्यो बालकको उज्यालो अनुहार देखेर म चकित भएँ । उसले भन्यो, “हो, मैले खोजेको भेडा यही बाकसभित्र छ ।”
उसले सोध्यो, ‘थुप्रै घाँस खान्छ होला, हैन त यस भेडाले ?”
किन ?’ मैले सोधेँ ।
“किनकि मेरो घर ज्यादै सानो छ | हामी कहाँ सबै चीज धेरै साना हुन्छन् ।
भैले उसलाई आश्वस्त पार्दै भनेँ, “डराउनुपर्दैन, भेडा सानो छ, धेरै घाँस खाँदैन । यसरी फुच्चे राजकुमारसित मेरो चिनजान भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










