छैटौँ बिहान

महामहिम, लामो विश्रामका लागि क्षमा चाहन्छु । अहिले बिहानको ६:२० भएको छ, म बिदा भएको ५ घन्टा भएछ | दुर्भाग्य, मेरो सहयात्री प्रविधि निर्यात कम्पनीको प्रतिष्ठामा धक्का पार्ने खालको एउटा समस्या आइपर्यो र ढिलो भयो ।

श्रीमान्‌, घटना अलि गम्भीर नै हो । एउटा मानिसले यो घटनासँग जीवन गुमाएको छ । (होइन: गलत अर्थ नलगाउनुहोला । उसको मृत्युसँग मेरो केही लिनुदिनु थिएन । म तपाईँलाई त्यो सबै पछि बताउँला ।)

एकै छिन पख्नुस्‌ है त म पङ्खा खोल्छु | श्रीमान्‌, मलाई अझै पसिना आइराखेको छ ! श्रीमान्‌ म भुइँमै बसेर झालरबत्तीको प्रकाशलाई पङ्खाले काटेको हेर्ने अनुमति चाहन्छु ।

आजको सम्पूर्ण कथा एउटा दुःखद घटनामा केन्द्रित हुनेछ । म एउटा सज्जन निर्दोष गाउँले युवक बिग्रिएर कसरी एउटा बदमास, नैतिकहीन र पतीत सहरिया सुकुलगुन्डा बन्न पुगेँ भन्ने नै कथाको मुख्य अंश हुने छ ।

यी सबै परिवर्तन ममा आयो, किनकि त्यो परिवर्तन पहिला अशोकमा आयो । उनी अमेरिकाबाट आउँदा एउटा निर्दोष व्यक्ति थिए, तर दिल्लीको पानीले पतीत बनायो । जब होन्डा सिटीको मालिक नै कुहिएपछि उसको नोकर कसरी त्यसबाट अछुतो होस्‌ ।

म ठान्थेँ मैले अशोकलाई राम्रोसँग चिन्दछु । त्यो हरेक नोकरले गर्ने पूर्वाअनुमान मात्रै रहेछ । उनको दाइ धनबाद जाने बित्तिकै उनमा परिवर्तन आयो | माथिल्लो टाँक खुल्लै राखेर कालो सर्ट लगाउन थाले र अत्तर पनि फेर्न थाले !

“मल जाने हो हजूर ?”

“हो | त्यहीँ जाने हो ?”

“कुन चाहिँ मल हजूर ? त्यही जहाँ मेडम जाने गर्नुहुन्थ्यो ?”

मेरो प्रश्नले उनलाई छोएन | मोबाइलको बटन थिच्दै ठुस्सिँदै भने, “सहारा मल जाने, बलराम ।”

“तपाईं त्यही मेडमलाई मनपर्ने चाहिँ ?”

“मेडम ,मेडम” भनेर वाक्यपिच्छे भन्ने होइन । म मलबाहिरै बसेर उनी के गर्दै होलान्‌ भनेर सोचिरहँ | माथिल्लो तलामा रातो बत्ती झपाक-झिपिक गरेको थियो | मैले सोचें यो पक्कै डिस्को’ हो । युवा युवतीहरू त्यहाँ जानलाई मल बाहिर ठूलै लाम लागेर बसेका थिए |

सहरिया केटीहरूको पहिरन देखेर मलाई थर्र काम छुट्थ्यो ।
अशोक धेरै बेर भुलेनन् । उनी एक्लै बाहिर आए । मैले सन्तोषको लामो सास फेरेँ ।

“अब घर फर्किने हो हजूर ?”
“अहिले बेला भएको छैन । मलाई सेराटन होटेल लिएर हिँड्‌ त ।”

जब म सहरभित्र छिरें, त्यो रात दिल्ली अलि फरक देखेँ ।

के मैले पहिले पनि नक्कल पारेका आइमाईहरू सडक छेउमा उभिएको नदेखेको हो र ? मैले आज अघि पनि मानिसहरूले बीच सडकमै गाडी रोकेर ती आइमाईहरूसँग मोलमोलाइ गरेको नदेखेको हो र ?

मैले आँखा चिम्लेँ र टाउको हल्लाएँ । मनमनै भने, “हरे शिव ! आज राति तेरो अब के हाल हुने हो कुन्नि ?”

यस ठाउँमा म र अशोक दुवैलाई लाज लाग्ने एउटा घटना घट्यो र म शंकाबाट मुक्त भएँ । मैले ट्राफिक बत्तीनेर कार रोकेको थिएँ । एउटी केटी साँघुरो टिसर्ट लगाएर तीन किलोका भान्टाजत्रै ठूल्ठूला स्तन हल्लाउँदै सडक पार गर्न थाली । ऐनामा देखेँ । अशोकजी पनि लठ्ठ परेर त्यही केटीका हल्लेका स्तन हेरेर र्याल काढ्दै थिए ।

मैले सोचे, “अँ, आज बल्ल चाल पाएँ, बदमास्‌ !” उनले ठूल्ठूला आँखाले हेरे किनभने ऐनामा उनले मलाई देखे र उनले पनि ठिक मैले जस्तै सोचिराखेका थिए “अँ, आज बल्ल चाल पाएँ । बदमास !”

हामीले एकअर्कोलाई चोर पक्ड्यौं ।
(श्रीमान्‌ जियाबाओ, यो कारभित्रको सानो चारपाटे ऐनाले कति लाज मर्नु पार्ने रहेछ कसैलाई थाहै थिएन । चुकुल नलगाएको लुगा फेर्ने कोठाको ढोका अचानक खुल्दा नाङ्गै भएको मानिसलाई जस्तो लाज हुन्छ त्यस्तै यो ऐनामा पनि हामी मालिक र नोकरले एकअर्कालाई धेरै पटक नाङ्गै समातेका छौँ |

मेरो त अनुहार लाजले रातो भयो । तर भाग्यले हरियो बत्ती बल्यो र म अघि बढेँ ।

त्यस रात अब ऐनामा हेर्दिनँ भनेर मैले कसम खाएँ ।

मैले बल्ल बुझेँ पैलेभन्दा दिल्ली किन फरक देखिएको अनि गाडी चलाइरहँदा पनि मेरो तुरी किन दह्टो भएको ?

उनी एकदम उत्तेजित थिए | त्यस रात बन्द कारभित्र मालिक र नोकर दुई शरीर एक आत्मा भएका थियौँ |

सन्तोषको सास लिँदै होन्डा कार मौर्य सेराटन होटेलको अगाडि ल्याएर रोकेँ र बल्ल त्यो लाजमर्दो यात्राको अन्त्य भयो ।

आजभोली दिल्लीमा भव्य होटेलहरू धेरै छन्‌ । रिङरोड र ढलनिकासको व्यवस्थापनमा बेइजिङ्ग हामीभन्दा आघि होला, तर आडम्बर र भव्यतामा हामी दिल्लीमा कहिल्यै दोस्रो नम्बरमा पर्दैनौँ । हामीकहाँ सेराटन, द इन्पेरियल, द ताज प्यालेस, ताज मानसिँह, द ओवराय, द इन्टरकन्टिनेन्टल लगायत अरू थुप्रै तारे होटलहरू छन्‌ । रेस्टुरेन्टमा गएर चिकन कबाब, मटन, बिफ खाएर त्यहाँको बारबाट विभिन्न: देशका वेश्याहरू टिपेर हिंडेर हजारौं रूपियाँ उडाइसकेको हुनाले मलाई बेङ्लोरका तारे होटलको बारेमा सबै नालीबेली थाह! छ, तर दिल्लीका ५ तारे होटल मेरा लागि अझै रहस्यमय नै छन्‌ । म ती सबै होटेलमा गएको छु, तर अहिलेसम्म कुनैको पनि ढोकाबाट एक कदम भित्र छिरेको छैन | हामीलाई भित्र जान मनाही छ । सिसाको ढोकाको अगाडिपड्टि सधैँ एउटा मोटो, दाह्रीजुँगामा मैन लगाएको र सर्कसमा जोकरले लाउने जस्तै रातो फेटा लगाएको पाले बस्छ र उसले आफूलाई “मै” हुँ भनिठान्छ किनभने अमेरिकी पर्यटकहरू ऊसँगै उभिएर फोटो, खिचाउन चाहन्छन । यदि उसले होटेलको नजिकै कुनै ड्राइभरलाई देख्यो भने स्कुलको मास्टरले जस्तै चोर औंला हल्लाउँछ, “यता आउने होइन नि ।”

ड्राइभरको भाग्य यस्तै हो । प्रत्येक नोकरले ठान्छ कि उसले हामीमाथि हुकुम चलाउन सक्छ ।

मालिकहरू भित्र गएपछि कार कहाँ राख्ने भन्ने तारे होटेलहरूको आफ्नै कडा नियम छ ।

कहिलेकाहीँ उनीहरूले गाडी तल्लो तलाको कार पार्किङ्मा राख्न भन्छन्‌, कहिले पछाडि कहिले, माथि अगाडि रूखको छेउमा देखाउँछन्‌ । जबसम्म त्यो फेटावालाले माइकबाट “फलानो ड्राइभर गाडी लिएर सिसाको ढोकामा आउनू ! मालिकले पर्खिराख्नु भएको छ ।“ भनेर नफुकेसम्म कारभित्रै बसेर हाई गर्दै घन्टौँसम्म कुर्नुपर्छ ।

ड्राइभरहरू सधैंजस्तै गाडी पार्किङ्को नजिकै चाबीको चेन हल्लाउँदै, पान घपाउँदै, गफ उडाउँदै, पिसाब फेर्दै पर्खिरहेका थिए । बाँदरजस्तै टुसुक्क बसेर बेतुकको गफ गर्दै थिए ।

दुबीओठे ड्राइभर चाहिँ अलि पर बसेर म्यागजिनमै मस्त थियो । यो हप्ताको अङ्ककी बाहिरी पेजमा खोलमा एउटा ओछ्यानमा पल्टिएकी नग्न महिलाको फोटो थियो । उसको प्रेमी छेउमै उभिएर महिलाको टाउको माथि चक्कु तेर्स्याउँदै थियो ।

“मर्डर विक्ली”
मूल्य : ४/५०
सत्य कथा :
“ऊ आफ्नो मालिकको श्रीमती चाहन्थ्यो”
प्रेम – बलत्कार – बदला ।

कथा सरसर्ती पड्दै मलाई सोध्यो, “ए पाखे ! मैले भनेको कुरा बिर्सिसकिस्‌ किःयाद छ ? त्यही तरो मालिकलाई मनपर्ने कुरा चाहियो भने मसँग सम्पर्क राख्नु भनेको कुरा के, सम्झना भो ? गाँजा, तरूनी, गोल्फाको बल ? यु.एस. कन्सुलेटकहाँबाट आउने राम्रो खालको बल ?”

“मेरो मालिक त्यस्तो खाले छैनन्‌ ।”

दुबीओठे मुसुक्क हाँस्यो र भन्यो, “तँलाई म यौटा गोप्य कुरा भनौं ? मेरो मालिकलाई फिलिमको नायिकाहरू मन पर्छ । उसले तिनीहरूलाई जङ्गप्रुराको त्यो अगाडि ठूलो उज्यालो “T” चिह्न भएको होटेलमा लैजान्छ र ठोक्छ ।

उसले मसँग उसको मालिकले ठोकिसकेका तीनजना मुम्बईका नायिकाहरूको नाम लियो ।

“तैपनि ऊ बडो सज्जन जस्तो देखिन्छ । म तँलाई भन्दै छु, सबै मालिकहरू उही ड्याङका मूला हुन्‌ । त्यो मलाई मात्रै थाहा छ । एकदिन तैँले मेरो कुरा विश्वास गर्छस्‌ | ल भैगो आइज मसँगै बसेर एउटा कथा पढ त ।”

हामीले मनमनै पढ्यौँ ! तेस्रो हत्यासम्बन्धी कथा पढेपछि म पिसाब फेर्न दुई वटा रूखहरू भएको छेउपट्टि लागेँ । ऊ मसँगै हिँड्यो ! हामीले एक-दुई इन्चको फरकमा रूखको बोक्रामै तुर्क्यायौँ ।

“मलाई तँसँग यौटा कुरा सोध्नु छ !”

“फेरि त्यही सहरिया केटीहरूको कुरा ?”

“होइन | मैले बूढो ड्राइभरको पछि के गति हुन्छ, त्यही कुरा गर्न लागेको ।” “के रे ?”

“मेरो मतलब अब २-४ वर्षपछि मेरो के गति होला भन्न खोजेको । के मैले घर र आफ्नै केही व्यवसाय गर्न पुग्ने पैसा जोगाएको छु त ?”

उसले गम्भीर भएर भन्यो, “ठीक छ, मेरो कुरा सुन्‌ त ! ड्राइभरलाई पचास- वर्षसम्म सबै ठीकै हुन्छ । कसैले केही गर्न सक्दैन । अनि उसको आँखाको ज्योति घट्छ, आँखा कमजोर हुन्छ अनि मालिकले घोक्रेर्याक लगाएर निकालिदिन्छन्‌, हो ? पाखे, त्यो अबको तीस वर्षपछि पक्कै हुन्छ । आजैदेखि थोरै थोरै बचत गरिस्‌ भने कम्तीमा पनि एउटा गरिब बस्तीमा सानो घर त किन्न सक्छस्‌ । तँ अलि चलाख भएर, यसो दायाँबायाँ गरेर अलिअलि जोगाइस्‌ भने कम्तीमा तेरो छोरालाई कुनै राम्रो स्कुलमा पढाउन सक्छस्‌ । छोराले अङ्ग्रेजी पढ्न सक्छ र विश्वविद्यालय जान सक्छ । मैले देखेको सबैभन्दा उत्तम भविष्य यही हो । कम्तिमा गरिब बस्तीमा एउटा घर होस्‌ र आफ्नो सन्तान विश्वविद्यालय जाओस्‌ ।”

“एकदम राम्रो कुरा हो यो ?”

“ठीकै छ | अर्कोतिर फोहोर पानीको कारणले तँलाई टाइफाइडले, छोप्छ। मालिकले तँलाई कुनै कारणबिना जागिरबाट निकालिदिन्छ । अनि तँ नराम्रो दुर्घटनामा पर्ने सक्छस्‌ ।”

म पिसाब गरिरहेको थिएँ । उसले मलाई कोट्यायो र भन्यो, “मलाई अझै केही सोध्नु छ । पाखे ! सन्चै त छस्‌ ?”

यसो फर्केर हेरेँ र भनेँ, “सन्चै छ । अनि के सोध्ने हो छिट्टै सोध्‌ न ।”

“यो कुरा तँलाई भन्नुपर्दा म दुःखी छु तर केही ड्राइभरहरू यसको बारेमा खुल्ला बहस गर्दै छन्‌ । तँ पूरै समय मालिकको कारमा बस्छस्‌ र एक्लै बोल्छस्‌ _ _ तेरो आवश्यकता के हो तँलाई थाहा छ ? आइमाई ! मलको पछाडिको गरिब बस्ती तैँले देखेको छस्‌ ? तिनीहरु त्यति नराम्रा छैनन्‌ ! राम्रा हट्टाकट्टा नै छन्‌ । हामी कति त हप्तामा एक पालि त्यहाँ जान्छौं ! तँ पनि सँगै हिँड न ।”

“ड्राइभर बलराम, तिमी कहाँ छौ ?”

यो होटेलको गेटबाट माइकमा आएको आवाज थियो ! फेटावाला नै माइक्रोफोन समातेर बडो ठाँटले चर्को स्वरमा भन्दै थियो, “ड्राइभर बलराम, तुरून्तै ढोकामा आएर खबर गर्नू ! तिम्रो मालिकले कुर्दै हुनुहुन्छ !”

हत्तपत्त फस्नर तानेर भिजेको औंला पाइन्टमा पुछ्दै, म दौडेँ । कार गेटमा पुर्याउँदा अशोकजी यौटा केटीलाई अङ्गालो मारेर गेट बाहिर निस्कँदै थिए ।

त्यो चिम्से आँखा भएकी गोरी केटी थिई | विदेशी । नेपाली ! उनको जात र हैसियत नमिल्ने । कारको सिट यसो सुँगेर फुत्त भित्र बसी । अशोकले उनको अर्धनग्न शरीरमा अँगालो मारे । मैले ऐना हेर्न छोडिदिएँ !

श्रीमान्‌ जियाबाओ, मैले कारभित्रै रासलीला कहिल्यै स्वीकार गरिनँ । गन्ध र सुगन्ध मिसिएको मेरो नाकले थाहा पायो । मैले बुझेँ पछाडिको सिटमा के भइराखेको छ |

अब उनले घर जाउँ भन्छन्‌ भनि ठानेको त किन भन्थे । रासलीला धेरै बेर चलि नै रहयो ! उनी पी.भी.आर. स्याकेट (सिनेमा) जान चाहन्थे ।

प.भीआर. स्याकेट एउटा ठूलो चलचित्र घर हो, जसले एकै पटक दस बाह्रवटा फिलिम देखाउँछ र यौटा हेरेको एकसय पचास लिन्छ ! मैले ढाँटेको होइन । यति मात्र कहाँ हो र ? यहाँ बियर पिउने, नाच्नलाई, तरुनी टिपेर हिंड्नलाई अरू धेरै ठाउँ छन्‌ । यो ठाउँ भारतमै अमेरिकाको सानो हिस्सा (भाग) जस्तो देखिन्छ ।

झलमल्ल देखिने त्यो अन्तिम पसल पछि दोम्नरो पी.भी.आर. सुरु हुन्छ । दिल्लीको प्रत्येक ठूलो बजार भव्य छ र ती साना बजारहरू ऐनामा देखिने सानो रूप जस्तै बाइपास सडकको दाँयाबायौं खाँदिएका छन्‌ !

नोकरहरूछे किनमेल गर्ने बजार यही हो |

म दोस्रो पी.भीआर. को पारिपट्टि गएँ । त्यहाँ लाइनै गनाउने रेस्टुरेन्टहरू, चिया पसलहरू र ठूलो तावामा तेलमा रोटी बनाउने होटेलहरू छन्‌ । सिनेमामा काम गर्ने र बढार्ने मानिसहरूले खाने ठाउँ यही हो । मगन्तेहरूको घर नै यही हो ।

चिया र आलुबडा किनेर बरको रूखमुनि बसेर खान थालेँ ।