
कल्पना खरेल
पुस महिनाको जाडो छ
शीत लहरको धारो छ
शिशिर यामको जाडोमा
गरिबको जीवन गारो छ
खुल्ला आकासमा बास छ
न केही पेट भर्ने गाँस छ
ती काँपिरहेको धुकधुकीमा
तड्पिँदै एक मुठ्ठी सास छ
जीवन बाध्यताको दास छ
गरिबको जिउँदो लाश छ
दायित्वविहीन राज्यको
भरोसा र नकुनै आश छ ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 










