
ताराप्रसाद चापागाईं
१.
आफ्ना पनि बिरानो झैँ मनमा आँधी चलेपछि
रोग बिना बिरामी यो मन मस्तिष्क गलेपछि ।
२.
तिमी नै हौ मेरो राजा भन्नेहरू खै कहाँ गए
अमृत पिलाउँछु भन्थे दुःख पर्दा टाढा भए ।
३.
आशाको बिउ रोप्न खोज्दा आफन्तैले धोका दिए
सुने पछि मनको पीडा दुःख थप्ने उही थिए ।
४.
दुखको भेल उर्लिआयो सँगै मर्ने छैनन् कोही ?
सुख पर्दा साथ दिने दुःख आउँदा बने गोही ।
धुनिबेसी, हाल प्रवास



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२२ असार २०८३, सोमबार 









