ताराप्रसाद चापागाईं

१.
आफ्ना पनि बिरानो झैँ मनमा आँधी चलेपछि
रोग बिना बिरामी यो मन मस्तिष्क गलेपछि ।
२.
तिमी नै हौ मेरो राजा भन्नेहरू खै कहाँ गए
अमृत पिलाउँछु भन्थे दुःख पर्दा टाढा भए ।
३.
आशाको बिउ रोप्न खोज्दा आफन्तैले धोका दिए
सुने पछि मनको पीडा दुःख थप्ने उही थिए ।
४.
दुखको भेल उर्लिआयो सँगै मर्ने छैनन् कोही ?
सुख पर्दा साथ दिने दुःख आउँदा बने गोही ।

धुनिबेसी, हाल प्रवास