
डम्बर बिकेल
गाऊ न मसँगै तिमी प्रीतिको गीत गाऊ न
आऊ न मसँगै तिमी जुनी जुनी प्रीत लाऊ न
हाँसिदिन्छु तिम्रै लागि मलाई नि तिमी हाँसिदेऊ
बाँचिदिन्छु तिम्रै लागि मेरै लागि तिमी बाँचिदेऊ
छाऊ न मसँगै तिमी प्रीतिको गीत गाऊ न
आऊ न मसँगै तिमी जुनी जुनी प्रीत लाऊ न
माया गर्छु तिमीलाई मलाई नि माया गरिदेऊ
म त मर्छु तिम्रै लागि मेरै लागि तिमी मरिदेऊ
जाऊ न मसँगै तिमी प्रीतिको गीत गाऊ न
आऊ न मसँगै तिमी जुनी जुनी प्रीत लाऊ न



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 







