
कोभिड १९ को विश्वव्यापी महामारी तथा किरात एकेडेमी संरचना अनुकूलको कृति अभावका कारण लामो समयदेखि स्थगित भएको ‘किरात एकेडेमी पुरस्कार’ वितरणका लागि एउटा सिफारिस समिति गठन गरिएको छ ।
किरात एकेडेमीका अनुसार हालै यसले नयाँ कार्य समितिसमेत पुनर्गठन गरेको छ ।
किरात एकेडेमीको अध्यक्षमा भूपाल राई, उपाध्यक्षमा डा. धनप्रसाद सुवेदी, महासचिवमा चेतनाथ धमला, सचिवमा प्रकाश राई र कोषाध्यक्षमा रुपकुमार राई रहनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा डा. यादेवी ढकाल, कला राई, राधा राई, बम बानिया, मनिष पिएम र आशकुमार राई चयनित हुनु भएको छ ।
किरात एकेडेमी पुरस्कार यसअघि पहिलो पटक युग पाठक र दोस्रो पटक झलक सुवेदीलाई प्रदान गरिएको थियो । ५० हजार रूपैयाँ राशी रहेको यो पुरस्कार तेस्रो पटक प्रदान गर्न पन्ध्र दिनभित्र कृति तथा योग्य व्यक्ति छनोट गरिसक्ने गरी एक सिफारिस समितिसमेत गठन गरिएको छ ।
सिफारिस समितिको संयोजकमा भूपाल राई, सदस्यद्वयमा डा. धनप्रसाद सुवेदी र चेतनाथ धमला रहनु भएको एकेडेमीले जनाएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
२० असार २०८३, शनिबार 









