

अजय देशार नेपाली ललितकलाको क्षेत्रमा स्थापित नाम हो। विगत २ दशकदेखि निरन्तर कलाकारितामा लागेका देशार कला पत्रकार, कला शिक्षक र कलाका अभियन्ता समेत हुन्।
त्रिभुवन विश्वविद्यालयबाट ललितकला विषयमा स्नातकोत्तर गरेका देशारले बेलायतबाट समेत कलामा डिग्री हासिल गरेका छन्।
देशविदेशका थुप्रै महत्वपुर्ण कलाको कार्यक्रममा सहभागिता जनाइसकेका उनले लण्डन र नेपालमा गरी ८ पटक एकल कला प्रदर्शनी गरिसकेका छन् ।
नेपाली जनजिवन र आममानिसको भोगाईलाई चित्रमा देखाउन मन पराउने देशार मूलतः प्रकाश र छायाँ ( लाइट एण्ड सेड) को प्रभावलाई आफ्नो चित्रमा प्रयोग गर्न रुचाउँछन् । इटालीको अन्तर्राष्ट्रिय कलर फर पिसका लागि नेपाली सद्भावना दूत भएर समेत काम गरेका देसार हाल योङ पिकासो नेपालका निर्देशक समेत हुन् ।
प्रस्तुत चित्र अजय देशारको “लाइट एण्ड सेड” कला सिरिज अन्तर्गतको उत्कृष्ट सृजना हो। चित्रको माध्ययमद्वारा उनले अँध्यारो र उज्यालोको भावलाई मानव जीवनको दुःख र सुखको भोगाईसँग जोडेर प्रस्तुत गरेका छन्।
एक्रेलिक माध्ययमबाट सृजना गरिएको यस चित्रमा उनले गाढा कालो रङ र सेतो रङ मिश्रित पहेँलो रङ प्रयोग गरेका छन्।
कलाकारः अजय देशार
शीर्षक: ईश्वरीय सौन्दर्य
आकार: १८x२४ इन्च
माध्यम: एक्रेलिक



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ असार २०८३, आईतवार 










