संसारकै सबै भन्दा
सुन्दर मेराे देश ।
आज म,
सगरमाथा जस्तै अकासिएकी छु ।
हिमाल, पहाड र तराईमा रमाउँदै,
लिम्पियाधुरा संगै,
लिपुलेक र कालापानी लाई
मन भित्र सजाएकी छु ।
मेरा हरेक नशा नशामा,
महाकाली र गण्डकी बगाएकी छु ।
डाँफे र मुनाल संग मैले,
गाढा प्रीत लगाएकी छु ।
म त आफ्नै पाखा पखेरिकाे,
काफल र ऐसेलु खाँदै,
दाेहोरी र असारे गीत गुन्गुनाउँदै,
नाचिरहेकी छु ।
भेल बगाएर पसिनाकाे,
तराईमा धानका बाला झुलाएकी छु ।
प्राण भन्दा प्याराे छ,
मलाई मेराे देश ।
यहाँ मैले,
मनभरि गुँरास फुलाएकी छु ।
हरेक दु:ख सुखलाई ,
त्यसै सँग भुलाएकी छु ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२१ असार २०८३, आईतवार 










